समाचार विदेश

विवाहमा प्रहरी हस्तक्षेप, वेहुली छोडेर वेहुलोसहित जन्ती फिर्ता

विवाहमा प्रहरी हस्तक्षेप, वेहुली छोडेर वेहुलोसहित जन्ती फिर्ता

भारतको उत्तराखण्डस्थित उधमसिंह नगर, काँशीपुरमा विवाह गर्न वेहुलो लिएर आएका जन्तीलाई प्रहरीले उल्टो पाउ फिर्ता पठाएपछि हंगामा सुरु भएको छ।

वेहुलीको घरमा धार्मीक परम्परा अनुसार विवाहको तयारी सुरु भएपछि एक महिलाले विवाद सुरु गरेपछि विवाह रोकिएको हो । ति महिलाले वेहुलो वनेका युवकको पहिलो पत्नी आफु भएको र वहु विवाह हुन लागेको दावी गरिन्। त्यसपछि विवाह मण्डपमै हंगामा सुरु भयो ।

विवाद यति वढ्यो की विहुली विना नै वेहुलो लिएर जन्ती फर्कनु परेको समाचारहरु प्रकाशित भएका छन् । विवादकै क्रममा पुगेको प्रहरीले वेहुलासहित केही ब्यक्तिलाई कटोरालाल प्रहरी चौकीमा पुर्यायो ।

जाँचवुझका क्रममा हंगामा गर्ने महिलाले आफु ति युवकको पत्नि भएको प्रमाण भने पेश गर्न सकिनन्। तर, उनकै कारण विवाह भने रोकिएको छ ।  

स्वास्थ्य मापदण्डको उलंघन गरेको र कोरोनाको आरटी पीसीआरको नेगेटिभ रिपोर्ट नभएको कारण देखाएर प्रहरीले विवाह रद्ध गर्ने निर्देशन दियो । प्रहरीको निर्देशन पछि विवाह पुरा नगरी जन्ती मुरादाबाद फिर्ता भएको जनाईएको छ । 
आजतकको सहयोगमा

विवाह उत्तराखण्ड