समाचार अपराध सुरक्षा कभर स्टोरी भिडियो

बझाङकी पवित्रा काठमाडौमा मृत फेला, आफन्त भन्छन् आत्महत्या होइन हत्या हो (भिडियो)

बझाङकी पवित्रा काठमाडौमा मृत फेला, आफन्त भन्छन् आत्महत्या होइन हत्या हो (भिडियो)

सुनिल धामी


बझाङ केदारस्युँ गाउपालिका ०५ की २३ वर्षिया पवित्रा गुर्धामी काठमाडौमा मृत फेला परेकीछन् । सोमबार काठमाडौ महानगरपालिका ०७ स्थित हेरिटेज बोर्डिगंको एउटा कोठामा उनि मृत फेला परेकी हुन् । 


विद्यालय स्रोतका अनुसार पवित्राले सोमबार करिब ३ बजे झुण्डिएर आत्महत्या गरेको जनाईएको छ । दिउँसो करिब ३ बजे पवित्राले झुण्डिएर आत्महत्या गरेको अवस्थामा आफुले भेटेको विद्यालयका प्रधानाध्यापक राजेस लिम्बु बताउँछन् । उनका अनुसार पवित्राले आफुबस्ने कोठाभित्र चुकुल लगाएर आत्महत्या गरेकीहुन् । उनि भन्छन्, ‘दिउँसोको समय थियो । म आफ्नो कार्यकक्षमा थिए । छोरीले के काम परेर पवित्रालाई बोलाउन खोज्दा ढोकामा सिरकहरु लगाएर बन्द गरेको देखिछन् । बोलाउँदा पनि नबोलेपछि झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखेपछि मलाई बोलाईन । म आएर हेर्दा उनि झुण्डिएको अवस्थामा थिईन् ।'


पवित्राका आफन्तहरुले घटना आत्महत्या नभएर हत्या भएको दाबी गरिरहेकाछन् । अहिले पवित्राको शब पोस्टमार्टमको लागि त्रिबी शिक्षण अस्पतालमा राखिएको छ । पवित्राको शब घटनास्थलबाट उठाउनुभन्दा पहिले आफुहरुलाई कुनै जानकारी नै नगराई पोस्टमार्टमको लागि लगिएको आफन्तहरु बताउँछन् । पवित्राका आफन्त प्रताप गुर्धामी भन्छन्, ‘पवित्राको शब उठाउनुभन्दा पहिले हामीलाई जानकारी गराउनु पर्थ्यो । मलाई पनि शबको मुचुल्का उठाईसकेपछि जानकारी आयो । घटना शंकास्पद छ । हामीलाई जानकारी नै नगराई कसरी मुचुल्का उठाईयो? प्रहरीले त्यसरी मुचुल्का उठाउन मिल्दैन । प्रहरी र विद्यालयका प्रधानाध्यापकले सुनियोजित तरिकाले घटनालाई दबाउन खोजेकाछन् ।’


प्रहरीले स्थानिय जनप्रतिनिधिको रोहबरमा शब उठाएको बताएको छ । घटनास्थलमा पुगेका प्रहरीका अनुसार पवित्रा झुण्डिएको अवस्थामा भेटिएकी थिईन् । तर, घटनास्थलमा पवित्राको शब उठाउने रोहबरमा बसेका वडासदस्य लक्ष्मीमणी भट्टाराईले भने पवित्रा भुईमा घोप्टो पल्टेको अवस्थामा देखेको बताए । उनि भन्छन्, ‘मैले पवित्रालाई झुण्डिएको अवस्थामा देखेको होइन । तर प्रहरीले झुण्डिएको भनेर फोटो खिचेका रहेछन् । ढोका खोल्न खोज्दा उनि खसेकी हुन् भन्ने आशंका छ ।’


यस्तो छ घटनास्थलमा गएका वडासदस्य कृष्णमणी  भट्टराईको प्रतिक्रिया 

विद्यालयका प्रिन्सिपल सरोज लिम्बुको प्रतिक्रिया

पवित्राका आफन्तहरुको प्रतिक्रिया

आत्महत्या हत्या पवित्रा गुर्धामी