समाचार राजनीति

एमालेमा सहमति वन्ने भएपछि प्रचण्डलाई छटपटी !

एमालेमा सहमति वन्ने भएपछि प्रचण्डलाई छटपटी !

नेकपा एमालेका दुई पक्ष मिलाउन कार्यदलको सकृयता वढेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को छटपटी पनि वढेको छ । 

कार्यदलले सहमतिको अन्तिम चरणमा रहेको र भाषागत समस्याहरुलाई सुधार गरेपछि सहमतिका वुँदा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । त्यसको भोलिपल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले राजनीतिक भेटघाट वढाएका छन् ।

एमाले एक हुने भएपछि अब विपक्षी गठबन्धन कस्तो बन्छ भन्नेमा दाहालको छटपटी वढेको हो । यसै सेरोफेरोमा दाहालले शनिवार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग भेटघाट गरेका  छन् ।

शनिबार बिहान प्रचण्ड र नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो । विपक्षी गठबन्धनमा रहेका नेपालले सो क्रममा सर्वोच्चमा परेको मुद्दा प्रभावित हुनेगरी कुनै सहमति नहुने स्पष्ट पारेका थिए ।

यसपछि दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्। यसअघि देउवाको नेतृत्वमा ५ दलीय विपक्षी गठबन्धन नै बनेको थियो। जसमा एमालेको असन्तुष्ट पक्ष पनि थियो। अब नेपाल पक्ष एमालेमै एक हुने भएपछि देखिएको दाहालको दौडधुपलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

एमालेको नेपाल पक्षका सांसदहरुले यसअघि प्रतिनिधिसभा विघटनको विरुद्ध र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्चमा दर्ता गरिएको निवेदनमा हस्ताक्षरसमेत गरेका छन्।

यो पनि

अलमलमा कार्यदल: औपचारिक वैठक सुरु नुहँदै नेपाल पक्षले सिंहदरवार छोडे

वोली फेर्दै माधव पक्ष– जेठ २ मा फर्किने माग हाम्रो होईन

माधवकुमार नेपाल केपी शर्मा ओली कार्यदल पुस्पकमल दाहाल ‘प्रचण्ड’ शेरबहादुर देउवा