विदेश Breaking News मुख्य समाचार राजनीति

पाकिस्तानको वाजिरिस्तानमा दुई किशोरीको हत्या, हत्या श्रृंखला बढ्दै 

पाकिस्तानको वाजिरिस्तानमा दुई किशोरीको हत्या, हत्या श्रृंखला बढ्दै 

वाजिरस्तान । पाकिस्तानको उत्तर र दक्षिण वाजिरिस्तानको आदिवासी बसोबास भएको जिल्लाको सिमाना नजिकै रहेको गाउँमा दुई किशोरीको हत्या भएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरूलाई परिवारका सदस्यले हालै गोली हानी हत्या गरेको हो । 

प्रहरीले बीबीसीला२ दिएको जानकारी अनुसार दई किशोरीलाई एक युवासँगको अन्तरंग भिडियो सामाजिक सञ्जालमा भाइरल भएको देखेपछि परिवारका सदस्यले परिवारको नाम बदनाम गराएको भन्दै गोली हानी हत्या गरेको हो । 

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । उत्तर वजीरिस्तानको रज्मक पुलिस स्टेशनले उक्त हत्या भएको पुष्टि गरेको हो । शुक्रबार राज्यले यस घटनाको पहिलो सूचना प्रतिवेदन (एफआईआर) उजुरीकर्ताको रूपमा दर्ता गरेको छ र घटनाको अनुसन्धान सुरु भइसकेको जनाइएको छ । 

डान न्यूजमा उपलब्ध एफआईआरका अनुसार उक्त घटना मे १४ बिहान २ बजेतिर खैबर पख्तूनख्वाको उत्तर र दक्षिण वजीरिस्तानको सीमावर्ती गाउँ शाम प्लेन गरिओममा भएको थियो ।

वाजिरिस्तानमो पछिल्लो समय हत्याका घटनाहरु वृद्धि भइरहेका छन् । सन् २०२१ देखि हालसम्म २० जनाभन्दा बढीको हत्या भएको छ । यसअघि एक जना व्यक्तिलाई अज्ञात समूहले गोली हानी हत्या गरेका थिए । उक्त घटनाका दोषीलाई अझै पनि पत्ता लगाउन सकिएको छैन ।