समाचार अपराध सुरक्षा

कहाली लाग्दो राउटेको कानूनः गल्तिगरे मृत्यू दण्ड (एक विज्ञको वयान)

कहाली लाग्दो राउटेको कानूनः गल्तिगरे मृत्यू दण्ड (एक विज्ञको वयान)

राउटे संरक्षणमा विगत १२ वर्षदेखि काम गरेका सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापा राउटे समुदायलाई नजिकबाट चिन्छन् । उनिहरुको रहन सहन, भाषा, संस्कृती तथा नियम कानूनको बारेमा जानकार रहेका थापाले एक मिडियासँग दिएको बयान यस्तो छः


राउटे नेपालको एक लोपोन्मुख जाति हो । यो समुदायको आफ्नै चलन छ । आफूलाई जंगलको राजा भन्न रुचाउने यो समुदायमा भिन्नै खालको परम्परा र रीतिरिवाज छ ।

जंगलमा बस्ने, कोही मान्छेको मृत्यु भएमा बसिरहेको स्थानमा उसको शव गाडेर अर्को स्थानमा बसाइँ सर्ने यो राउटे जाति कर्णालीमा बसोबास गर्दै आएको छ । १३८ जनाको संख्याको परिवारमा रहेको यो समुदायमा रास्कोटी, सुर्य वंशी र कल्याल ठकुरी भनेर तीन गोत्रमा विभाजित छन् ।

यो समुदायको आफ्नै इष्टमित्रबाहेक अन्य कोही कसैसँग विवाह गर्ने प्रचलन छैन । उनीहरूको चलनमा आफ्ना इष्टमित्रको घरमा छोरी जन्मिएको खण्डमा उसै समयमा ती छोरी कसकी श्रीमती हुने भन्ने कुरा राउटेले उतिबेलै टुंगो लगाई दिन्छन् । त्यति भएपछि ती बालिका ११ देखि १२ वर्ष भएको समयमा युवतीका बुबा–आमाले उनीहरूको विवाह गराईदिने चलनसमेत यस समुदायमा छ ।

गलती गरे माफीको व्यवस्था छैन

आजभन्दा चार वर्ष पहिले दैलेखको महावु गाउँपालिका–२ साविकको बडाखोला अस्पतालमा एक राउटे महिला सुत्केरी हुन नसकेका कारण अस्पताल भर्ना भएकी थिइन् । उनको पेटमा रहेको बच्चाको मृत्यु भयो भने उनको ज्यान स्वास्थ्यकर्मीले जोगाइदिए । उपचारपछि उनी आफ्नो बस्तीमा गइन् तर त्यहाँ राउटे समुदायले अस्पतालमा गई उपचार गरेर अन्य व्यक्तिसँग कुरा गरेको भन्दै हत्यासमेत गरिदिएका स्रोतको दाबी छ ।

राउटे समुदायको पुरुषले पनि अन्य समुदायका युवतीसँग लसपस गरेमा, हिमचिम बढाएमा स्वीकार्दैनन् । केही समय अघि एक राउटेका मुखियाको पनि अन्य महिलासँग सम्बन्ध भएको पाएपछि मुखमा ढुंगा हालेर राउटेले नै हत्या गरेका थिए ।

राउटे समुदायमा यस्ता समस्या लुकेका कति छन् कति । तर, राउटे समुदायको आफ्नै धर्म र संस्कार छ । जंगली युगको ज्युँदो इतिहासका रुपमा पनि राउटे समुदाय चिनिने गरेको छ । जो आज पनि जंगलमा फिरन्ते जीवनशैली बिताउँदै आएका छन् । उनीहरूको यो आफ्नौ नियम तथा कानुन हो । यस समुदायलाई संघीय गणतन्त्र नेपालको संविधानले पनि छुँदैन । र उनीहरूले मान्दैनन् पनि राउटेसँग आफ्नै अलिखित संविधान छ ।


उनीहरूको नियम र कानुनको राउटे समुदायले उल्लंघन गर्न पाँउदैनन् । यदि केही कारण उल्लंघन भइहाले पनि माफी पनि दिँदैनन् । सिधैँ मृत्युको सजाय भोग्नुपर्ने हुन्छ ।


हाल पनि राउटेहरूले परम्परादेखिको आफ्नो संस्कारको पालना गदैँ आएका छन् । तर राउटे समुदायमा आइतबार बाहिरिएको घटनाले सबैलाई ठूलो चिन्ता थपिदिएको छ । ‘राउटे समुदाय गाउँमा जाँदा पहिले पैसा लिँदैनथे । उनीहरू शहरको राजाले बनाएको नोट नलिने भन्दै अनाज ल्याउँथे । त्यो अनाज आफैंले पकाएर खाने गर्थे ।’ 

समुदायका जानकार थापाले भने, ‘यौन दुर्व्यवहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्, भाला (घरेलु हतियार) रोपेर मारिहाल्छन् ।’ थापाले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसँग पुगे मृत्युदण्ड हुनसक्ने बताउँछन् ।


अरूसँग बोल्दैनन् राउटे महिला

थापाका अनुसार राउटे समुदायका महिलाहरू प्राय अन्य समुदायका नागरिकसँग बोलचाल गर्दैनन् । उनीहरू श्रीमान र समुदायको डरका कारण बोल्न डराउँछन् । तर, आइतबारको घटनामा परेका पीडित युवतीहरू भने अविवाहित हुन् । युवाको अभावका कारण उनीहरूको विहे भएको छैन ।

दुर्व्यवहारमा परेकी युवतीहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्दछन् । यसअघि नै पीडितहरू युट्युब, टिकटक र सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । फिरन्ते राउटे समुदाय हाल सुर्खेतको लेखबेसीमा बसेका थिए । त्यहाँ बस्दा बस्दैँ राउटे एक युवकको मृत्युपछि गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।
आइतबार बिहानै राउटे समुदायका युवतीमाथि भएको यौन दुव्र्यवहारको घटनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्याय दिने भन्नेमा चिन्तित छन् ।

किनकी घटनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतिहरू ज्यूदो रहने सम्भावना हुँदैन । तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी नपाएको थापा बताउँछन् ।

मुखियाले घटना थाहा पाएका छैनन्

दुर्व्यवहारको घटना थाहा पाए कि भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए । बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राति बस्तीबाट वीरेन्द्रनगर फर्किए ।

‘दोषीलाई कारबाहीभन्दा पनि पीडितलाई कसरी बचाउने भन्ने चिन्ता लागेको छ’ उनी दोहो¥याउँछन्, ‘यो घटना थाहापाए राउटेहरूले नै स्वीकार गर्दैनन्, मारिहाल्छन् ।’ गलत काम गर्नेलाई भाला रोपेर मार्ने, अस्वीकार गर्ने र बस्ती छोड्ने जाने चलन रहेको छ ।

‘सिकार खेल्न गएको व्यक्ति साँझ नफर्के त मरेको मान्छन्, यौन दुर्व्यवहार त ठूलो घटना भयो’ उनले थपे, ‘भिडियो देखे स्वीकार्दैनन्, सिध्याइहाल्छन् ।’ पीडितहरू जोखिमा रहने अर्को कारण भने यसअघि पनि उनीहरू कारबाहीमा परिसकेका व्यक्ति हुन् । केही समय पहिले उनीहरू नजरबन्दको सजाय पाइसकेका व्यक्तिहरू हुन् ।

पीडितलाई सुरक्षा दिन माग

यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले पनि यौन दुव्र्यवहारमा परेका दुई युवतीको भौतिक सुरक्षाको माग गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलले युवतीलाई समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न माग गरेको छन् ।

पीडितलाई राउटे समुदायले अस्वीकार गर्ने, ज्यान नै जोखिममा पर्ने भन्दै आयोगले भौतिक सुरक्षाको माग गरिएको हो । आयोगले पनि युवतीहरूलाई चार महिना नजरबन्द राखिएको उल्लेख गरेको छ ।

यो पनि

यौन दुर्व्यवहारको भिडियो समुदायसम्म नपुगोस् भन्दै राउटे बस्तीमा कडा सुरक्षा
 

राउटे समुदाय