अन्तरवार्ता भिडियो

हिन्दुवादी नेता भन्छन्ः दलितसँग छोरा/छोरीको बिवाह गराई दिन्छु, जनै लगाई दिन्छु (भिडियो)

हिन्दुवादी नेता भन्छन्ः दलितसँग छोरा/छोरीको बिवाह गराई दिन्छु, जनै लगाई दिन्छु (भिडियो)

हिन्दुवादी अभियान्ता सुवाश ढकालले, छोरा छोराकी बिवाह गरि दिन आफु तयार रहेका बताएकाछन् । नेपाल आजको संवादमा ढकाललाई तपाईको छोरा वा छोरीको बिवाह दलितसँग हुन गयो भने तयार हुनुहुन्छ की हुनुहुन्न भन्ने प्रश्नमा उनले आफु तयार रहेको बताएकाछन् । उनि भन्छन्, ‘मैले बोलेको कुरालाई रेर्कड गरेर राख्नुस् । म तपाई 'सर्पोट' गर्छु । म जनै लगाएको, टुप्पी पालेको बाहुन भएपनि । तपाई मिडियाका साथिहरुलाई नै बोलाएर दलितलाई नै गायत्री मन्त्र सुनाए र म जनै लगाई दिन सक्छु । म मात्रै हैन देश भरिका धार्मिक गुरुहरु पनि कार्यक्रममा जोडिनुपर्छ ।’

हिन्दु धर्मले जातीय विभेद र छुवाछूतलाई प्रश्रय दिएको हो?  भन्ने प्रश्नमा ढकालले सहमती जनाएका छैनन् । दलित भनेर विभेद गरिएका मानिसहरुलाई हिन्दु धर्मले विभेद गरेको छ भनेर गलत प्रचार गरिएको उनको भनाई छ । हिन्दु धर्मले विभेदगरिएको भनिएका दलितहरुलाई देशव्यापी रुपमा निकट भविष्य मै जनै लगाई दिने कार्यक्रम तय भएको समेत हिन्दुवादी नेता ढकालले खुलाएकाछन् । उनि भन्छन्, ‘दलितले जनै लगाउँछा भन्न चाहानु भयो भने हामी क्षेत्री बाहुनहरुले अगांलो हालेर स्वागत गर्छौ ।’