समाचार प्रदेश १

जन्म दिनमा बेहुला मुख्य मन्त्रीले रोपे दुलहीसँगै मिठो लिच्चीको विरुवा

जन्म दिनमा बेहुला मुख्य मन्त्रीले रोपे दुलहीसँगै मिठो लिच्चीको विरुवा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वैवाहिक जीवनमा बाँधिएपछिको पहिलो जन्म दिन लिच्चीको बिरुवा रोपेर शुक्रबार बनाएकाछन् । गत वर्ष लगनगाँठो कसेका राईले आफ्नो फेसबुक पेजमार्फत जन्म दिन मनाएको जानकारी दिएकाछन् । उनले पत्निसँगै 'मिठो लिच्ची'को विरुवा रोपेर जन्मदिन मनाएको जनाएका छन् । 


राई लेख्छन्, 'आज मेरो जन्म दिन । गत बर्षदेखि फलफुलको बिरुवा रोपेर जन्म दिन मनाउन शुरु गरेको कामलाई निरन्तरता दिएकोछु । आज मैले मेरो जिवन संगिनीको साथमा आफ्नै निजी निवासमा मिठो फलफुल लिच्चीको बिरुवा रोपेर जन्म दिन मनाएकोछु । आजको दिन यस धर्तीमा पाइला टेकाउनु हुने पुजनीय आम्मा र आप्पाप्रति उच्च सम्मान प्रकट गर्दै सेवाढोग अर्पण गर्न चाहन्छु । अनि बिभिन्न माध्यमबाट शुभकामना र आर्शीबाद दिनुहुने आफन्तजन,मान्यजन,मित्रजन सबैमा धेरै धेरै धन्यबाद ब्यक्त गर्न चाह्नछु ।'


गत वर्षको माघ ११ मा लगनगाँठो कसेका थिए । मुख्यमन्त्री राई गत वर्षको माघ ११ गते आफुभन्दा झण्डै २८ वर्ष कम उमेर भएकी जाङमु शेपासँग बिहे गरेका थिए जाङमु शेर्पा मिस मंगोल २०१८ की विजेता समेत हुन् ।
 

शेरधन राई