समाचार कभर स्टोरी

रबिको ठगिधन्दा बाहिरिएपछि फिल्मी शैलीमा पैँसा लेनदेनको भिडियो बनाए

रबिको ठगिधन्दा बाहिरिएपछि फिल्मी शैलीमा पैँसा लेनदेनको भिडियो बनाए

जेठ ६ गते रिपोट्सनेपालबाट प्रकाशित भएको ‘बाहिरियो रवि लामिछानेको कर्तुत, जनमैत्री अस्पतालले निःशूल्क भन्दै यसरी गर्छ संक्रमितसँग असुली शिर्षकको समाचारपछि रबि लामिछानेले फेसबुकमा भिडियो अप्लोड गर्दै प्रतिक्रिया जनाएका थिए । जनमैत्री अस्पतालले विपन्नबाट पैँसा नलिएको भन्दै विपन्न भनिएका राजु श्रेष्ठ र लामिछानेबिचको भिडियो संवादले केहि गम्भिर प्रश्न उब्जाएको छ ।


नयाँ बजार निवासी ६० वर्षिय रामचन्द्र श्रेष्ठ कोरोना संक्रमण भएर जनमैत्री अस्पतालमा भर्ना भएका थिए । श्रेष्ठको उपचारकै क्रममा जनमैत्री अस्पतालमा मृत्यु भएको थियो ।जनमैत्री अस्पतालले एक लाख १६ हजार रुपैयाँ तिर्दा पनि सबै उपचार खर्च नतिरेको भन्दै संक्रमितको शव उठाउन नदिएको खबर रिपोट्सनेपालले छापेको थियो ।


रवि लामिछानेद्धारा प्रसार–प्रसार गरिएको जनमैत्री अस्पतालले कोभिड संक्रमितले एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिएको मृतक श्रेष्ठका आफन्तको आरोप थियो । विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै आएको सो समूहले नै समाजसेवाको आडमा ठगी धन्दा गरिरहेको भन्दै बिरामीका आफन्तले आलोचना गरेका थिए ।


कोरोना सक्रमितको मृत्यु भएपछि गरिने सबै प्रक्रिया पुरा गरेर शव उठाउनुपर्ने हो । मृतककी पत्नी सानुमाया श्रेष्ठलगायतले सनाखत गरिसकेका थिए । दाहसंस्कारको लागि कोरोना संक्रमितको शव लिन नेपाली सेनाको टोली तयार थियो । तर मृतकका आफन्तबाट अझै एक लाखभन्दा बढी शुल्क तिर्न बाँकी रहेको भन्दै अस्पताल प्रशासनले शव लैजान दिएन । यता बिरामीको मृत्युपछि शोकमा रहेका परिवार तथा आफन्त अस्पतालले मागे बमोजिमकोे पैसा जुटाउन लागे ।


यसअघि उनीहरूले बिरामी भर्नाको समयमा १६ हजार र १ लाख रुपैयाँ सिद्धार्थ बैंकबाट ट्रान्सफर गरिदिएका थिए । अस्पतालले बाँकी ७७ हजार र औषधीको थप केही रकम मागेको थियो । सो रकम तत्काल तिर्न भन्दै अस्पताल प्रशासनबाट मृतकका आफन्तलाई लगातार फोन गरी दबाब आइरहेको थियो । आफन्तले उपचार खर्च महँगो भएको भन्दै गुनासो राखे । सबै पैसा तिरे पछि सबै हिसाब बुझाउने अस्पतालले बतायो ।


तर ‘कुन कुन शीर्षकमा कति खर्च भएको हो’ भनेर बिल नदिएसम्म पैसा भुक्तानी नगर्ने आफन्तले बताएपछि दाहसंस्कार गर्न अस्पतालले शव दिन मान्यो । मृत्यु भएको १३ घण्टापछि दिउँसो ३ बजे पछि मात्रै सेनाको टोलीले शव उठाएर लग्यो । कुन–कुन शीर्षकमा कति कति खर्च भएको भन्ने हिसाब खोजेपछि मात्रै पैसा माग्न छाडेको मृतकका सालो नाता पर्ने सबु श्रेष्ठले बताएको खबर रिपोट्सनेपालले छापेको थियो । 


लामिछाने आफैले ‘निःशुल्क तथा सस्तो सुलभ शुल्कमा उपचार गर्ने’ भन्दै विज्ञापन गरिरहेको जनमैत्री अस्पतालले कोभिड संक्रमणबाट मृत्यु भएका विरामीका आफन्तबाट सरकारले तोकेको शुल्क भन्दा किन पैसा असुली गर्याे? अझै भनौ विरामीको मृत्यु नै भैईसकेपछि दाहसंस्कारको लागि नेपाली सेना आईपुग्दा सम्म पनि किन लाश उठाउन दिईएन?


भिडियोमा रबिले मृतकका आफन्तबाट अस्पतालले पैँसा उठाउनुको कारण उनिहरुले विपन्नको फारम नभरेको हुनाले उठाएको प्रतिक्रिया दिएकाछन् । भिडियोमा रबि र मृतकका आफन्तको संवादमा रबि भन्छन्, ‘पैँसा असुलीको विषयलाई लिएर कतिपय न्यूजहरुले आएका हुनाले हामीले बुझ्न खोजेका छौ, विपन्नका लागि भनेर त्यो पैँसा त्यहाँ राखेका हौँ, उहाँले विपन्नका लागि भनेर राखिएको फारम जानकारी नभएर त्यो पैँसा तिर्न परेको हो । उहाँलाई त्यो पैँसा फिर्ता गरिएको छ ।’


मृतकका आफन्तको बयान अनुसार नेपाली सेना शव व्यवस्थापन गर्नको लागि आईसक्दा पनि अस्पताल प्रशासनले पुरै पैँसा नतिरेको भन्दै शव उठाउन नदिने अवस्था आउँदासम्म विपन्नले भर्ने फर्म किन लुकाईयो? अथवा किन भर्न दिईएन? प्रश्न यति मात्रै होईन, रबिले अस्पतालको प्रचार गर्न भिडियोमा भनेअनुसार सक्नेले तिर्ने नसक्नेले एक पैँसा पनि नतिर्न पर्ने उद्घोष किन कार्यान्वयन भएन? यहाँनेर रबि लामिछानेको गफ र व्यवहार उदाङ्गो भएको स्पष्टै देखिने विश्लेषक बताउँछन् ।   


जनमैत्री अस्पतालको भिडियो काण्डको रहस्य यति मै समाप्त हुदैन । रबिलेको उदाङ्गिएको छवि जोगाउन एउटा फिल्म नै बनाएको विश्लेषण गरिन्छ । आर्थिक रुपमा विपन्न भएकाले पैँसा तिर्न नसकेको र एक रातमै एक लाखको विल थमाएको बयान दिएका मृतकका आफन्त कसरी अरु चाहिए थप सहयोग गर्न सक्नेगरि रातारात सम्पन्न भए? 


भिडियोमा रबिले विरामीका आफन्तबाट अस्पतालले असुलेको पैँसा फिर्ता गरेको देखिन्छ । फेरी त्यहि पैँसा विरामीका आफन्तले आफु आर्थिक रुपमा कमजोर नभएको भन्दै रबिलाई नै फिर्ता गर्छु भनेकाछन् । यति मात्रै होईन, ति विपन्नले भन्छन्, ‘मेरो तर्फबाट थप केहि सहयोग चाहिए भन्नु होला म रेडि छु!’


विपन्न भनिएका ति व्यक्तिले भिडियोमा भनेजस्तै थप सहयोग नै गर्न सक्ने आर्थिक हैसियत भएका भए तिनका आफन्तले रिपोट्सनेपालसँगको बयानमा किन पैँसा बढि असुली गरेको आरोप लगाए? यदि ति व्यक्ति विपन्न होइन्न भने भिडियोमा देखाईजस्तै सुरुमा उनलाई पैँसा फिर्ता किन गरियो? 


आलोचकहरुले रविको असुली गर्ने छवि उदांगिएको दाबी गरेकाछन् । आलोचकहरु भन्छन्, ‘यो भिडियो रबिको अस्लियत लुकाउन पुरा तयारीका साथ रचिएको नाटक हो । भिडियोमा स्कृप्ट अनुसारको अभिनय गर्न रबिको टिमले ति व्यक्तिलाई प्रभावमा पारेको छ!’
 

रवि लामिछाने