Breaking News मुख्य समाचार राजनीति प्रदेश २

जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन

जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन

जनकपुर । जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष जानकी राम साहको नेतृत्वमा नेता भटट्राइको पुत्ला दहन गरिएको हो।

पुत्ला दहनको क्रममा अध्यक्ष शाहले बाबुराम भटट्राईलाई मधेश विरोधी भएको आरोप लगाए।

उनले भने, हामीले जुन पुत्ला दहन गरेका छौँ त्यो बाबुराम भट्टराइको विरोधमा गरेका छौँ।, बाबुरामले दिएको बक्तब्यले समग्र मधेशीमाथि आघात पुगेको छ।, त्यसैले बाबुराम मधेशी विरोधी हुन्, जुन जसपा पार्टी एकता भएको छ त्यसलाई फुटाउन बाबुराम लागि परेका छन्, संविधान घोषणा भएदेखि नै बाबुराम माधेश विरोधी गतिविधि गर्दै आएका छन्।