विदेश Breaking News मुख्य समाचार राजनीति

पाकिस्तानमा सर्वसाधारणबाट पैसा खोसेपछि तीन प्रहरीविरुद्ध उजुरी दर्ता 

पाकिस्तानमा सर्वसाधारणबाट पैसा खोसेपछि तीन प्रहरीविरुद्ध उजुरी दर्ता 

इस्लामावाद । सर्वसाधारणबाट पैसा राखिएको झोला खासेर लैजाने तीन जना पाकिस्तानी प्रहरीविरुद्ध उजुरी दर्ता गरिएको छ । ओद्योगिक क्षेत्रीय प्रहरीले सर्वसाधारणबाट पैसाको झोला खासेर लैजाने गरेको पाइएपछि उनीहरुविरुद्ध उजुरी दर्ता गरिएको हो । 

प्रहरीका अनुसार दुई जनालाई सब्जीमण्डी प्रहरी चौकी र एकजना रेड जोन क्षेत्रका प्रहरीविरुद्ध उजरी दर्ता गरिएको हो । दर्ता गरिएको उजुरीका अनुसार रावलपिण्डीमा बसोबास गर्ने गरेको र एक रेस्टुरेन्टमा काम गर्ने असद अमिन आफनो बहिनीलाई भेट्न इसाननगरी गएको समयमा मोटरसाइकलमा सवार तीन प्रहरीले उनको पैसा भएको झोला खासेका हुन् ।

प्रहरीले उनलाई मदिरा सेवन गरेको गन्हाएको आरोप लगाउँदै उक्त पैसाको झोला लगेर गएको उजुरीमा उल्लेख गरिएको छ । उनको साथबाट ११ हजार ५०० रुपैयाँ प्रहरीले लगेको बताइएको छ । 

उजुरी दर्ता भएपछि तीनैजना प्रहरी अमिनको घर गएर माफी माग्दै उजुरी फिर्ता गर्नसमेत दबाब दिएका थिए । नागरिकको सुरक्षमा खटिने प्रहरीले नै नागरिकलाई सास्ती दिँदै लुट्न थालेपछि स्थानीयको आक्रो बढेको छ  । 

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको र दोषी ठहर भएमा कानुन अनुसार कारबाही गरिने वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । उनले प्रहरीभित्रको यस्तो प्रवृतिले राम्रा प्रहरीहरुको पनि बदनाम हुने गरेकोले कारबाही गरिने बताएका हुन् । https://www.dawn.com/news/1621827