विदेश Breaking News मुख्य समाचार समाज

चीनमा हावाहुरीले पुलको सिसाको उडायो एक जना व्यक्ति अलपत्र

चीनमा हावाहुरीले पुलको सिसाको उडायो एक जना व्यक्ति अलपत्र

काठमाडौं । चीनमा अग्लो पुलको सिसाको भुईँ चर्को हावाहुरीले उडाउँदा पुलको बीचमा रहेका एक जना व्यक्ति अलपत्र परेका छन्।

गत शुक्रवार भएको त्यस्तो घटनामा ती पुरुष चीनको उत्तरपूर्वमा अवस्थित पिआन पर्वतमा बनाइएको एक सय मिटर अग्लो पर्यटकीय पुलमा घुम्न पुगेका थिए।

उनले त्यो अग्लो पुल पार गर्न लाग्दा १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको हावाहुरीले पुलको भुईँमा राखिएको पारदर्शी सिसाका प्यानलहरू उडाएपछि उनी पुलको बीचमा अलपत्र परेका थिए।

चीनमा त्यसरी भुईँमा सिसा हालिएका झन्डै २,३०० वटा पुलहरूका साथै पर्वतको छेउमा हिंडन मिल्ने गरी सिसाकै भुईँ हालेर बनाइएका बाटो र चिप्लेटीहरू छन्।बिबिसि