समाचार राजनीति

महन्थ–राजेन्द्रलाई कारवाही गर्ने उपेन्द्र–वावुरामको तयारी

महन्थ–राजेन्द्रलाई कारवाही गर्ने उपेन्द्र–वावुरामको तयारी

वहुमतिय सरकार गठन प्रकारणमा ओली पक्षमा लिएको अडान तथा राजेन्द्र महतोलाई संसदिय दलको नेता चयन गरेको प्रकरणमा जसपाले महन्थ ठाकुर पक्षका नेतालाई कारवाही गर्ने तयारी गरेको छ।

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएपछि ठाकुर र महतो लगायतका नेतालाई कारवहीको तयारी गरेको खुलेको हो ।

अध्यक्ष ठाकुर पक्षले शुक्रवार राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेको थियो । यसैगरी, गत विहिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो। यादव–भट्टराई पक्षले विपक्षमा मतदान गरेका थिए भने ठाकुर र महतो पक्ष तठस्थ वसेको थियो ।


पार्टी विधान विपरीत केही नेताहरुको भेलाले राजनीतिक निर्णय गरेपछि त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको यादव पक्षका एक नेताले वताए । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । 

बैठकले पार्टीको विधान विपरीत काम गर्नेहरुविरुद्ध कारवाहीको निर्णय हुन सक्ने ति नेताले वताए । 

सरकार गठन जसपा महन्थ ठाकुर कारवाही संसदिय दलको नेता