समाचार

गोरुको मासु बेचेको आरोपमा दुई बिदेसी नागरिक पक्राउ

गोरुको मासु बेचेको आरोपमा दुई बिदेसी नागरिक पक्राउ

भद्रपुर । प्रहरीले गोरुको मासु बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने भारतका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरूले कोठाभित्र गोरुको मासु बिक्री गरेको सूचना पाएपछि प्रहरीले सोमबार कोठामा छापा मारेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । 

 उनीहरूलाई १५ किलो ५सय ग्राम गोरुकोे मासुसहित पक्राउ गरेको डिएसपी थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोेलीले उनीहरूलाई नियन्त्रणमा लिएको थापाले बताए ।