समाचार राजनीति

राजीनामा दिने प्रधानमन्त्रीको घोषणा !

राजीनामा दिने प्रधानमन्त्रीको घोषणा !

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने भएका छन् । सोमवार प्रतिनिधि सभाको वैठकलाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन् ।

प्रतिनिधि सभा मार्फत आफुलाई विश्वासको मत नआए आफुले राजीनामा दिने उनले वताएका हुन् ।

‘सवैभन्दा ठुलो र सवैभन्दा वढि जनमत भएको पार्टी भएकाले पनि र सवैभन्दा वढि सिट भएको पाटीको हैसियतले पनि सवैलाई मिलाएर म अगाडि जान्छु भनेर सरकारको नेतृत्व गर्ने मैले त्यो हक राख्छु’ उनले भने–‘त्यसकारण मैले संसदमा विस्वासको मत मागेको छु । तर अलिअलि उपस्थिती मैले पनि देखेको छ। कस्को उपस्थिती छ, कस्को उपस्थिती छैन। किन छैन वुझछु। फेरी विघटनका लागि वाटो वनाएको हैन भन्ने छ। त्यो षडन्त्र चकनाचुर वनाईदिउँन। खल्र्याम खुर्लुम भोट हाल्दिउँ लु त कस्ले गर्दौरछ विघटन।’

‘संसद वाहिरको कुरा होईन। यो संसद भित्रको प्रकृया हो। मलाई मैले संसदको विस्वास म माथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रसस्त गर्नु पर्छ। संसदले फैसला गरोस। सुविचार गरोस। मैले सरकारको नेतृत्व गर्नु जरुरी छकी छैन संसदले आदेश दिओस आज। आदेश सँगै मार्ग प्रशस्त भईहाल्छ। कुनै जालझेल सडयन्त्र होईन।’ उनले भने। 
 

विश्वासको मत प्राप्त गर्नका लागि प्रधानमन्त्री ओलीलाई १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेका १२१ सांसद छन् । जसमध्ये माधव नेपाल समुहका सांसद सदनमा अनुपस्थित छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ६१ सांसद छन् र उसले विपक्षमा मत दिने देउवाले वताई सकेका छन् ।

४८ सांसद रहेको माओवादी केन्द्रले पनि विपक्षमा मत हाल्न भएको छ भने ३२ सांसद रहेको जसपा दुई पक्षमा विभाजन भएको छ। उपेन्द्र यादवले विश्वासको मत नदिने वताएका छन् भने महन्थ ठाकुरले पक्ष÷विपक्षमा मतदान नगर्ने वताएका छन् । साना दलले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनाएका छन्।

यस अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत पाउनु लगभग असम्भव जस्तै छ। संसदमा विश्वासको मतदान सुरु भएको छ।
 

प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा प्रतिनिधि सभा