समाचार

सशस्त्र प्रहरीले विओपी स्थापनामा तिव्रता दिए

सशस्त्र प्रहरीले विओपी स्थापनामा तिव्रता दिए


झापा
सशस्त्र प्रहरीले झापाको भारतसंग सिमा जोडिएको क्षेत्रमा बोर्डर आउटपोष्ट बिओपी स्थापनालाई तिव्रता दिएको छ । खुला सिमाको कारण हुने अपराध नियन्त्रण र  सिमा स्तम्भ संरक्षणको लागि सशस्त्रले विओपी स्थापनालाई तिव्रता दिएको हो ।

भारतसंगको खुला नाकाको फाइदा उठाउदै हुन सक्ने आवाक्षीत गतिविधि नियन्त्रण गर्न विओपी स्थापना गर्न तिव्रता दिएपनि चोरी तस्करी भने बढि रहेको छ । सशस्त्र प्रहरीको प्रदेश नम्बर १ का डिआईजी वैशीराज दाहालले सिमाको सुरक्षा र सिमाको अनुगमन गरिररहेको जानकारी दिए । चार वटा पिलर विगतमा खोलाले बगाएर लगेपछि त्यसलाई खोजेको बताए । उनले  हराएका पिलरहरु खोज्ने पिलरको रेकर्डहरु राख्ने जस्ता कार्यहरु गरिरहेको बताए । झापाको तिरिंग, नकलबन्दा तथा दक्षिण तिरको सत्तघटा,ज्यामिर, भद्रपुर लगायतका स्थानहरुमा विओपी थपिएको छ । त्यसैगरि बाहुन डांगी पृथ्वी नगर,केचना,भागडुम्बा ,गौरीगन्जमा पनि विओपी स्थापना गरिएको छ । झापाको १४४.२ किलोमिटर भारतसंग जोडिएको छ ।

खुला सिमाका कारण नेपाली सुरक्षाकर्मीलाई अपराध नियन्त्रण र तस्करी निण्न्णमा चुनौती हुदै आएको छ । जिल्ला प्रहरी कायाृलय झापाका प्रमुख सानुराम भटटराईले खुला सिमाको कारणले समस्या देखिएको बताउदै यसलाई नियन्त्रण अभियानलाई तिव्रता दिएको बताए  ।उनले यस्ता कार्यहरुलाई रोक्नको लागि प्रहरी सक्रिय भएको बताए । विओपी थपिए पछि नेपाल भारता पिलर हराउने,नेपाली भुमि मिचिने लगायतका कार्य रोकिने आशा सिमावर्ति क्षेत्रका स्थानियले गरेका छन । झापामा भारतसंगको सिमा क्षेत्रमा विओपी संख्या १७ पुगेको छ । यो संख्या बढाएर तिन वर्ष भित्र ३७ विओपी स्थापना गर्ने लक्ष्य सशस्त्र प्रहरीले राखेको छ । 
 

बोर्डर आउटपोष्ट खुला सिमा