खेल

आईपीएल क्रिकेट लिगमा आज दिल्ली र बैंगलोरबीच खेल हुने 

आईपीएल क्रिकेट लिगमा आज दिल्ली र बैंगलोरबीच खेल हुने 


इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज पनि एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा लिगको दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ पौने ८ बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा कोलकत्ता नाइट राईडर्सले जित हात पारेको छ । अहमदाबादमै गयराति सम्पन्न खेलमा पञ्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । जितसँगै कोलकत्ता पाँचौ स्थानमा उक्लिदै ४ अङ्क जोड्न सफल भएको छ भने छैठौं स्थानमा रहेको पञ्जाबको पनि समान ४ अङ्क नै रहेको छ ।