प्रदेश नम्बर २ मा ११८ जना संक्रमित थपिए

प्रदेश नम्बर २ मा ११८ जना संक्रमित थपिए


जनकपुरधाम
प्रदेश नम्बर २ मा मंगलबार थप ११८ जनामा कोभिड–१९ पुष्टि भएको छ । जसमा ३९ जना महिला र ७९ जना पुरुष रहेका छन । स्वास्थ्य निर्देशनालले दिएको जानकारी अनुसार धनुषामा १८ जना रहेका छन । जसमा ७ महिला र ११ जना पुरुष रहेका छन । त्यसैगरि महोत्तरीमा १ महिला र ३ पुरुष गरि ४ जना,सिरहामा २ महिला र १ पुरुष गरि ३ जना ,सप्तरीमा ४ महिला ,११ पुरुष गरि १५ जना ,सर्लाहीमा १ जना पुरुष,बारामा २ जना महिला  र १० जना पुरुष गरि १२ जना,पर्सामा २३ जना महिला र ४२ जना पुरुष गरि ६५ जना संक्रमित भएका छन । यता सप्तरीका एक चिकित्सकसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा सप्तरीका कुल ४६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ महिलासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए ।
उनका अनुसार ती १६ मध्ये राजविराज नगरपालिकाका ६, हनुमाननगर कंकालिनी नगरपालिकाका ४, शम्भुनाथ नगरपालिका, डाकनेश्वरी नगरपालिका,अग्निसाइर कृष्णासवरण गाउँपालिका, महदेवा गाउँपालिका, रुपनी गाउँपालिकाका एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सर्लाही घर भई सप्तरीमा कार्यरत एकजना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.झाले जनाए । सिरहाको गोलबजारका २ जनाको पीसीआर गरिएकोमा १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैजना होम आइसोलेसनमा रहेका छन् ।
 

प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनाल

संम्बधित खबर