सरकारी निर्णयको अटेर गर्दै विद्यालय संचालन गर्ने ११ संचालक पक्राउ

सरकारी निर्णयको अटेर गर्दै विद्यालय संचालन गर्ने ११ संचालक पक्राउ


सप्तरी
कोरोना संक्रमण बढिरहेको अवस्थामा सरकारले विद्यालय संचालन बन्द गराउने निर्णय गरेपनि त्यसको अटेर गर्दै संचालन गर्ने ११ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले पटक पटक विद्यालय बन्द गर्न आग्रह गर्दा समेत अटेर गर्दै आएका छन । सरकार २५ जना भन्दा बढि भिडभाड नगर्न निर्णय गर्दा समेत विद्यालय संचालक गर्दै आएका छन । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी  दिए ।सो निर्देशनलाई बेवास्ता गर्दै राजविराजमा विद्यालय संचालन गर्दै आएका ११ जना निजी विद्यालयका संचालक तथा प्रिन्सिपललाई सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा लक्ष्मी इंग्लिस बोर्डिङ्ग स्कुलका राजेश कुमार यादव, वैधनाथ कुमार झा, बुलन्द साह, ह्यापी ल्याण्ड सेकेण्ड्री स्कुलका शैलेन्द्र ठाकुर, जानकी सेकेन्डरी बोर्डिङ्ग स्कुलबाट हरिकिशन राम, एन्जलबाट नरेन्द्र प्रसाद देव, पिसजोन राजविराजबाट उमाकान्त साह र रिमा झा, ग्रिन इंग्लिसबाट मनोज यादव, लिटलबाट डा. कामन्त देव र ग्रिन इंग्लिसबाट मनोज यादव रहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जनाएको छ ।
विद्यालय संचालकले विद्यालय बन्द नगरेर कतिपय ठाउमा निर्देशन विपरित परिक्षा समेत संचालन गर्दै आएका थिए । त्यसपछि विद्यालयमा अनुगमन गरिएको हो । 
राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली राजविरा मा सञ्चालनमा रहेका निजी विद्यालय पुगेका थिए ।
सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । नियन्त्रणमा लिइएका हरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने पोख्रेलले बताए । सरकारले गत सोमबार नै राजविराजका विद्यालय बन्द गर्ने आदेश गरेको थियो । नियन्त्रणामा लिएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

सरकार कोरोना संक्रमण बन्द गराउने संचालक

संम्बधित खबर