यौन-शिक्षा

गर्भावस्थामा यौन सम्बन्धी उचित वा अनुचित

गर्भावस्थामा यौन सम्बन्धी उचित वा अनुचित


सन्तान जन्म देखि शरीरको आवश्यकताको लागि यौन सम्बन्ध सम्बन्ध आवश्यकता पर्छ तर कतिपय दम्पतीहरुलाई गर्भ अवस्थामा यौन सम्बन्ध राख्न सकिन्छ वा सकिदैनन भन्ने कुराले बढि चिन्तीत बनाउने गर्छ  ।

गर्भावस्थामा यौन सम्पर्क राख्दा शिशु र महिला दुवैलाई नकारात्मक असर गर्ने बुझाइ आम दम्पत्तिमा पाइन्छ  । यसलाई स्वभाविक चिन्ता पनि मान्छि । गर्भावस्थामा यौन सम्पर्क राख्दा पाठेघर खुम्चिनेदेखि शिशुलाई छोपेर राखेको झिल्ली च्यातिएर संक्रमण हुनेसम्मको तर्क हुने गर्छ ।  स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न सकिन्छ ।  स्वस्थ गर्भावस्थामा हुने यौन सम्पर्कले महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर नगर्ने चिकित्सकहरु बताउँछन् ।
गर्भवती महिलाले इच्छा गरेमा वा उनलाई कुनै असजिलो महसुस नभएमा यौन सम्पर्क राख्न अफ्ठ्यारो मान्नु पर्दैन । तर, यसबेला पुरुषले यौन सम्पर्कका लागि दबाब दिनु भने हुँदैन । गर्भावस्थामा महिलालाई सबै भन्दा बढि प्रेमको आवश्यकता छ । उसले चाहन्छ कि उसलाई अति माया होस र त्यो माया पाउनको लागि महिलाले आफैले पुरुषसंग यौन सम्बन्ध राख्नको लागि प्रस्ताव गर्छ । यौन सम्पर्कले दम्पत्तिबीचको सम्बन्धलाई प्रगाढ बनाउने गर्छ । तर, गर्भावस्थामा यौन सम्पर्क नहुँदा सम्बन्धमा बिग्रिने डरमा महिलाहरु रहेका देखिन्छन् । गर्भवती अवस्थामा पनि कुनै न कुनै रुपमा दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्ने गर्छ । 
यसका लागि गर्भावस्थामा पनि यौन क्रियाकलाप आवश्यक पर्छ । तर, यसका लागि गर्भ रहेको कति महिना भयो भन्नेले अर्थ राख्ने गर्छ । गर्भ रहेको महिनाको आधारमा यौन आसन प्रयोग गर्नुपर्ने हुन्छ भने सोहीअनुसारको सावधानी पनि अपनाउनु पर्छ । यौनसम्पर्कपछि रक्तश्राव, पेट दुखेमा, असहज महसुस भएमा,  योनीबाट पानी बगेमा यौन सम्पर्क तत्काल बन्द गर्नुपर्छ ।  
गर्भावस्थामा यौन सम्पर्कका बेफाइदा त हुने कुरै भएन यसका विभिन्न खाले फाइदा चाहीँ हुन्छन्, जो निम्नानुसार छन ः
स्वस्थ गर्भावस्थमा यौन सम्पर्क राख्दा गर्भको शिशुलाई असर नगर्ने चिकित्सकहरुले बताउने गरेका छन् । उनीहरुकाअनुसार भ्रुणको थैली र गर्भाशयका मांशपेशीले गर्भको शिशुलाई सुरक्षा प्रदान गर्ने भएकाले यौन सम्पर्कका कारण गर्भको बच्चामा असर गर्दैन । 
सेक्सका बेला उत्सर्जन हुने अक्सिटोसिन हर्मोनका कारण पति पत्नीबीचको सम्बन्ध आत्मीय तथा प्रेमपूर्ण बन्ने विज्ञहरुको भनाइ छ । गर्भावस्थामा हुने यौन सम्पर्कले महिलालाई चिन्तामुक्त गराउने र पर्याप्तमात्रा निद्रा पर्ने र रक्तचाप सन्तुलित गर्न सहयोग गर्छ । 
गर्भावस्थामा बेहोस हुने समस्याबाट पीडित गर्भवती महिलालाई यस समयमा हुने यौन सम्पर्क लाभदायक बन्न सक्छ । यस समस्याबाट पीडित महिलाहरुका लागि पुरुषको वीर्यमा हुने प्रोटिनले फाइदा गर्ने चिकित्सकको भनाइ छ । उनीहरुकाअनुसार वीर्र्यले महिलामा विशेष एन्टीबडी उत्पादन गरी गर्भावस्थामा बेहोस हुने समस्या कम गर्छ ।
महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो । यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ । स्वान आसन यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् ।
गर्भावस्थाको एक उत्तम यौन सम्पर्क विधि भनेको कैंची बसाइको यौन सम्पर्क हो । यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् । यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् ।
पुरुष तल बसेर र महिला पुरुषको काखमा बसेर गर्ने यौन सम्पर्क पनि गर्भावस्थाको एक सुरक्षित तरिका मानिन्छ । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।यसरी यौनसम्पर्क गर्दा पेटमा रहेको बच्चा र गर्भवती आमालाई कुनै असर गर्दैन् । चिकित्सकका अनुसार यस्तो बेला संयमता पूर्वक यौनसम्पर्क गर्दा जीवनकै उच्च सन्तुष्टि प्राप्त गर्न सकिने छ ।
 

गर्भावस्था यौन सम्बन्ध यौन सम्पर्क