यौन-शिक्षा

खानपानमा सुधार : सेक्समा आनन्द नै आनन्द

खानपानमा सुधार : सेक्समा आनन्द नै आनन्द


 दाम्पत्य जिवनको साझेदारहरू प्रेम र हेरचाहको सम्बन्धको सेक्सको  धेरै महत्वपूर्ण भुमिका हुन्छ । यसले सम्बन्धलाई बलियो बनाउँछ । सेक्स गरे पछि, पार्टनरहरू अधिक भावनात्मक र मानसिक रूपमा एक अर्कामा संलग्न हुन्छन् । तर अहिलेको आधुनिक युगमा धेरै परिवर्तनहरु आएका छन ।  यसले यौन जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । व्यक्तिहरु आफ्नो सेक्स शक्ति बढाउन को लागी धेरै तरिकाहरु छन् ।
यी चीजहरूको सेवनले यौन जीवनलाई सुधार गर्दछ ।विज्ञहरूका अनुसार खानलपानले यौन जिवनलाई राम्रो बनाउदछ भने सम्बन्ध समेत बलियो बनेको हुन्छ ।  सुपर फूड्स को जान्नुहोस्, जसको सेवनले यौन शक्ति बढाउन सक्छ । अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन् । त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् ।
साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ । अव्यवस्थित खानपान र कसरत नगर्दा अन्य रोगको सिकार हुनुका साथै यौन दूर्वलता पनि बढ्ने गरेको छ । दैनिक आधा घण्टा हिँड्ने मानिसलाई हत्तपत्त कुनै पनि स्वास्थ्य समस्या आउँदैन । त्यसैले खानपिनमा सुधारका साथै नियमित कसरत गर्नु सबैभन्दा ठूलो ओखति हुनेछ । त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ ।
चकलेट खानेले मुड सुधार गर्दछ
विज्ञहरूका अनुसार चकलेट खाँदा शरीरमा सेरोटोनिन भन्ने हर्मोन उत्पादन हुन्छ । यो हर्मोनले मुड सुधार गर्दछ । साथै, चकलेट खानेले चिन्ता हटाउँदछ, जसले सेक्सको आनन्द धेरै पटक बढाउँदछ । यस बाहेक, चकलेटमा फेन्नेथ्यालेमाइनको कारण, यौन इच्छा बढ्छ ।
अनारको मजा सेक्समा रमाउँछ
विज्ञहरूका अनुसार अनारको सेवनले यौन शक्ति र प्रजनन क्षमतामा वृद्धि गर्दछ । साथै, अनारको रस खानेले मुडलाई सुधार गर्दछ । अनार खानु भन्दा पहिले यौनको पूर्ण आनन्द लिन सकिन्छ । 
तुलसी
१५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् । तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ ।  दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ ।
लसुन
दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस । त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस । यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस । यसले यौन शक्ति बढाउने छ ।
स्याउले बढाउँछ महिलाको सेक्स पावर
अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ ।
अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।यो निर्णयमा पुग्नका लागि शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए ।
अध्ययनमा महिलाहरुले ‘महिला यौन क्षमता सूचकांक’ भरे, जसमा यौन फंक्शन, सेक्स्युअल फ्रिक्वेन्सी, सम्भोग, ल्युब्रिकेशन र समग्र यौन सन्तुष्टिका बारेमा प्रश्न सोधिएको थियो ।शोधकर्ताहरुले पाए कि जुन महिलाले हरेक दिन एक वा दुई स्याउ खाने गरेका थिए, उनीहरुको ल्युब्रिकेशन र ओभर अल सेक्स्युअल फंक्शन बढी उत्तम थियो ।
स्याउमा फ्लोराजिन पनि हुने गर्दछ जुन एउटा आम फिस्टेस्ट्रोजेन हो । यो संरचनात्मक रुपबाट एस्ट्राडियोलजस्तै हुने गर्दछ । एस्ट्राडियोल महिला सेक्स हर्मोन हो जसले कामुकता बढाउन सहयोग गर्छ ।
 

सेक्स तुलसी यौन शक्ति सेतो मुसली यौन शक्ति र प्रजनन क्षमता