समाचार

प्रदेश सभामा नाम र राजधानी विषयमा प्रस्ताव प्रस्तुत हुने

प्रदेश सभामा नाम र राजधानी विषयमा प्रस्ताव प्रस्तुत हुने

जनकपुरधाम,  प्रदेश २ को प्रदेशसभा बैठकमा आज प्रदेशको नाम र राजधानी सम्बन्धमा दर्ता भएको प्रस्ताव प्रस्तुत हुने भएको छ । शुक्रवार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्ताव, प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव र प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण सम्बन्धमा प्राप्त पत्र पढेर सभामा जानकारी गराउने कार्यसूचि रहेको प्रदेशसभाका सचिव रंजित कुमार यादवले जानकारी दिए ।

प्रदेशसभाको पाँचौ अधिवेशनको दोस्रो बैठकमा राजधानीको लागि प्रस्ताव दर्ता गराएका परमेश्वर साह, भरत प्रसाद साह, रविन्द्र बैठा धोवी, सिंगासन सा कलवार, उपेन्द्र प्रसाद कुशवाहा, राजेश्वर प्रसाद शा, शारदा देवी थापाले राजधानी सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । त्यस्तै नामाकरण सम्बन्धी प्रस्ताव शैलेन्द्र कुमार यादव, भरत प्रसाद साह, प्रमोद कुमार यादव, शिवचन्द्र चौधरी, राजेश्वर प्रसाद शा, शारदा देवी थापा प्रस्तुत गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा प्रदेशसभा राजधानी