मासिदै वन जंगल ,नारामै सिमित चुरे बचाउ योजना ,उत्तरी भेगका जनता भोग्दै खानेपानीको समस्या

मासिदै वन जंगल ,नारामै सिमित चुरे बचाउ योजना ,उत्तरी भेगका जनता भोग्दै खानेपानीको समस्या


जनकपुरधाम
महोत्तरी र धनुषाको उत्तरी भेगमा प्रत्येक वर्ष खानेपानीको समस्या हुने गरिएको छ । हरेक वर्ष खानेपानीको समस्या हुने गरिएको प्रत्येक वर्ष योजनाहरु समेत त्यो भेगमा अत्याधिक खानेपानीको जाने गरिएको छ । तरपनि समस्या ज्योकात्यो देखिएको छ । वस्ती विस्तार र दिनप्रतिदिन भईरहेको वन जंगलको दोहनले उत्तरी भेगमा खानेपानीको समस्या हुने गरिएको छ । 
तराईमा जेठ महिना प्रचण्ड राप र उखरमाउलो गर्मीयाम मानिन्छ । त्यतिखेर पानीको समस्या झेल्दै आइएको भए पनि लाग्दो वैशाखमै पानीको हाहाकार पर्न थाल्नु यसपालि राम्रो सङ्केत नदेखिएको यस भेगका सर्वसाधारण अड्कल काट्दैछन् । धनुषा महोत्तरीको उत्तरी भेगमा खानेपानी समस्या कुनै नयां विषय भएको छैन । गर्मी याममा यो समस्या आम जस्तै हुने गरेको छ । महोत्तरी जिल्लाको बर्दिवासमात्र नभएर उत्तरी क्षेत्रका भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा पनि खानेपानीको समस्या बढ्दो छ । भङ्गाहा नगरपालिका–४ का रामनगर, प्रेमनगर र टोका बस्तीका इनार एकपछि अर्को सुक्दै गएका र तल्लो भेगका बस्तीमा खानेपानीका लागि चापाकल प्रयोग हुँदै आएका ठाउँमा पनि पानी सुकेर समस्या बढेको प्रेमनगरका जवाहर महतोले बताए । ढल्केवर,वीरेन्द्र बजार लगायतका धनुषा जिल्लामा खानेपानीको समस्या देखिएको छ ।
“यहाँ १० वर्ष पहिलेका इनार त सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न झारिने डोल डुब्न छाडेको छ”, उनले भने , “बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा समस्या प्रत्येक वर्षजसो हुने गरेको छ ।” लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुकेपछि जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका तीन नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको हो । यसपालि हिउँदे वर्षा नहुनु तथा चुरे र वरपरका नदीमा बालुढुङ्गा उत्खनन गर्नेहरुले गहिरा–गहिरा खाल्डा बनाएपछि वरपरका बस्तीमा इनार र चापाकलको पानीको सतह गहिरिँदै गएको चुरे विज्ञ भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंहको भनाइ छ । 
नयाँ वर्ष २०७८ शुरु भएयता इनार, चापाकल सुक्ने क्रम बाक्लिएको छ । रातु नदी र खोल्साखोल्सीको पानी सङ्ग्रह गरेर धाराबाट पानी वितरण गरिँदै आइएका बस्तीमा मुहान नै सुकेपछि धारामा पानी आउन कम हुँदै गएको हो । बर्दिवास नगर क्षेत्रका धेरैजसो बस्तीमा यस्तै धाराबाट खानेपानीको आपूर्ति हुँदै आएको छ । खोल्सीको जरुवा, इनार र चापाकल खानेपानीका स्रोत रहँदै आएको यस क्षेत्रमा जेठको गर्मी बढ्दै गएपछि पानी सुक्दै जाने पुरानै कुरा भए पनि यसपालि भने लाग्दो वैशाखमै मुहान सुक्दै गएका हुन् । गत चैतभरि छिटो पानी नपरेर खडेरी लागेपछि सबै सुकेका हुन् ।
बर्दिवास वरिपरिका खोल्सीबाटै खानेपानीको धारा व्यवस्थापन गर्दै आइएका बस्तीमा धाराबाट पानी झर्न छाडेर टुटीमा खिया लाग्दै गएको बर्दिवास–१२  बिजलपुरा–२ की बासिन्दा राजनीतिककर्मी प्रतिमा कोइरालाले बताइन । धारा सुकेर खिया लागेसँगै बस्तीका पुराना सबै इनार सुकेपछि खानेपानीको जोहोका लागि टाढाटाढा जानु पर्न थालेको बर्दिवास–७ मनहरिपुरकी गृहिणी मुना खत्रीको गुनासो गरिन । आकाशे पानीको भरमा खेती गर्दै आएका जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका बासिन्दालाई यसपालि हिउँदे वर्षा नभएर खेती गर्न पाइएन भन्ने मात्र नभई अब खानेपानीकै हाहाकार भएको छ । सुक्खायाममा खेती र खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सम्बद्ध पक्ष सधैँ उदासिन रहँदै आएकाले आपूmहरुले कहिल्यै सञ्चोसँग गुजारा गर्न नपाएको यस क्षेत्रका बासिन्दा बताउँछन् । 
यता बर्दिवास, गौशाला र भङ्गाहासहितका तीनवटै नगरपालिका नेतृत्वले भने खानेपानीलाई उच्च महत्व दिँदै काम गरिँदै आइएको जनाएका छन् । प्राकृतिक कारणले पानी नपर्नु र पानीका स्रोतका मुहान सुक्दै गएसँगै तिनको मर्मतसम्भार र नयाँ इनार निर्माणका काम अघि बढाइएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले बताए । चुरे र जलाधार क्षेत्र विज्ञले भने पुराना इनार मर्मत र नयाँ निर्माण गरेर मात्र यो समस्या नटर्ने बताएका छन् । चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण तथा नदीमा हुने अनियन्त्रित दोहन नियन्त्रणको नेतृत्व स्थानीय तहले नलिएसम्म समस्या झन्झन् बढ्दै जाने चुरेविज्ञ डा सिंहको भनाइ छ ।

खानेपानी वन जंगल महोत्तरी र धनुषा

संम्बधित खबर