विदेश

कोरोना महामारीको दोस्रो छाल, किन यसले भारतमाथि यति ठूलो विनाश गर्यो ?

कोरोना महामारीको दोस्रो छाल, किन यसले भारतमाथि यति ठूलो विनाश गर्यो ?


दिल्ली एजेन्सी
यस वर्षको मार्चको शुरुमा स्वास्थ्य मंत्री हर्षवर्धनले घोषणा गरे कि भारतमा कोविड १९ महामारी अब ’अन्त्य ’ तिर बढेको छ ।
यस घोषणाको साथसाथ स्वास्थ्य मन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गरेका थिए र भनेका थिए “यसले विश्वलाई अन्तर्राष्ट्रिय सहयोगका लागि बाटो देखाएको छ  । भारतले यसको धेरै प्रचारित ’खोप डिप्लोमेसी’ अन्तर्गत जनवरीदेखि नै अन्य देशहरूलाई खोपहरू आपूर्ति गर्न सुरु गर्यो।
यस तरिकाले, कोरोना भाइरसको उन्मूलनको उत्सव गत वर्षको अन्त्यबाट शुरू भयो । राजनीतिज्ञदेखि लिएर नीति निर्माता र मिडियाको एक वर्गसम्म यो कुरा स्वीकार्य थियो कि भारत अहिले यस कठिनाइबाट बाहिर आएको छ ।तर भारतमा जसरी कोरोना भाईरस प्रति सर्वसधारणहरु सचेता हुनुपर्ने हो त्यसमा विस्तारै कमि आएपछि यसले भयावह रुप लिएको छ । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।सो मन्त्रालयले सोमबार दिएको जानकार।ीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना  सङ्क्रमित भएका छन् । 
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ  । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको देखिएको छ । 
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।    पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार १३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । अप्रिल १९ सम्म कूल २६ करोड ७८ लाख भन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ । 
भारतको राष्ट्रिय राजधानी दिल्ली सवभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ । 

कोरोना महामारी नरेन्द्र मोदी हर्षवर्धन भारतमा कोविड १९ महामारी