विदेश

राजस्थानः साँझ ट देखि बिहान छ बजेसम्म कर्फ्यू, शैक्षिक संस्थानहरू पनि बन्द रहने

राजस्थानः साँझ ट देखि बिहान छ बजेसम्म कर्फ्यू, शैक्षिक संस्थानहरू पनि बन्द रहने


भारतको राजस्थानमा कोरोना संक्रमणको बढ्दो घटनालाई ध्यानमा राख्दै सरकारले १  अप्रिलमा एउटा नयाँ दिशानिर्देश जारी गरेको छ ।
त्यहाँ साँझ ६ देखि ५ सम्म राज्यका सबै नगर निकायहरूमा एक रात कर्फ्यू हुनेछ । सबै शैक्षिक, कोचिंग संस्था, पुस्तकालयहरू बन्द रहनेछन् । कक्षा १० र १२ कक्षाको बोर्ड परीक्षा स्थगित भएको छ भने आठौं, नवौं र एघारौं कक्षाका विद्यार्थीलाई परीक्षाबिना पदोन्नति गरिनेछ । मेडिकल, नर्सिंग  कलेजहरूमा अध्ययन कार्य जारी रहनेछ र अधिकतम ५० प्रतिशत व्यक्ति मात्रै भेला हुन सक्छन् ।
विवाहको लागि एसडीएम कार्यालय अगाडि अनुमति लिनु पर्नेछ । सार्वजनिक, राजनीतिक, खेल सम्बन्धी, मनोरन्जन, शैक्षिक, सांस्कृतिक र धार्मिक समारोह, जुलूस, चाडपर्व अनुमति दिईने छैन । पौंडी पोखरी, थिएटर, मल्टिप्लेक्स, मनोरन्जन पार्क र सार्वजनिक ठाउँ बन्द हुनेछ । १०० भन्दा बढी कर्मचारी रहेको सरकारी र निजी कार्यालयहरूमा ५० प्रतिशत मात्र आउने पाउने छन । 
कार्यालय कोठा कार्य साइटमा सकारात्मक वा सम्भावित संक्रमणमा ७२ घण्टासम्म बन्द रहनेछ । मास्क लगाएको बिना ग्राहकलाई सामान पु¥याउने पसलहरु ठ७२ घण्टाको लागि बन्द गरीनेछ । रिक्शा चालकहरू दुई सवारीमा बस्न सक्दछन्, चार चक्के वाहनमा ५० प्रतिशत यात्रु मात्रै बस्न पाउने छन ।
राज्यमा आउनु भन्दा पहिले ७२ घण्टा भित्र रिपोर्ट नेगेटिभ देखाउँनु अनिवार्य हुनेछ, रिपोर्ट नभएमा क्वारेन्टाइन १५ दिनमा क्वारेटाईमा बस्नु पर्ने हुन्छ  । राजस्थानमा कोरोना संक्रमणको घटना लगातार वृद्धि भइरहेको छ । भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन् ।
सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन् । कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन । 
समूहका अध्यक्ष अरोराले भने “कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै जाओस् भन्ने हाम्रो उद्देश्य छ, तर त्यसका लागि लकडाउन नै लगाउनुपर्छ भन्ने चाहिँ होइन ।”
उनले सानोसानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुने धारणा पनि राख्नुभयो ।  
सानोसानो क्षेत्रमा स्थानीयरुपमा लागू गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक हुने तर देशव्यापीरुपमा लकडाउन लागू गर्दा प्रभावकारी र व्यावहारिक नहुने उनले बताए ।
 “हामीले विगतमा पनि देख्यौँ र अहिले पनि देखिरहेका छौँ, स्थानीयरुपमा सानोसानो क्षेत्रमा तय गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक भएको छ, व्यवस्थापन पनि सहज देखिएको छ भने स्वास्थ्य सेवाको नतिजा पनि राम्रो आएको छ”, उनले भने
देशभरी कोरोना भाइरसविरुद्धको खोपको अभाव नरहेको स्पष्ट पार्दै उहाँले उच्च प्राथमिकतामा परेकाहरुलाई खोप दिइसकेको बताउनुभयो । भारतमा मङ्गलबार मात्रै कोरोना भाइरसबाट थप एक लाख ८४ हजार जना सङ्क्रमित भएका थिए । योसँगै भारतमा कूल सङ्क्रमितहरुको सङ्ख्या एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  
भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसबाट सङ्क्रमित र मृतकहरुको सङ्ख्या तीव्ररुपमा बढ्दै गइरहेको छ ।  
 

कोरोना संक्रमण भारतको राजस्थान