जंगली जनावरको आक्रमणमा एक वर्ष १५० को मृत्यु

जंगली जनावरको आक्रमणमा एक वर्ष १५० को मृत्यु

सुनसरी
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र आसपासमा रहेको सुनसरी,सप्तरी र उदयपुरमा मानवीय क्षति हुने क्रम बढदो अवस्थामा रहेको छ । एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।  १५० जना बढि मानिस घाइते भएका छन । सुनसरीको कोशी गाउपालिका वडा नम्बर ३,४ ५र ६ बराह क्षेत्र नगरपालिका नगरपालिकाका केही वडावासी जंगली जनावरबाट पिडित छन ।  उदयपुरको बेलका नगरपालिका सप्तरीको सप्तकोशी नगरपालिकाका,कंचनपुर नगरपालिका ,हनुमान नगर कंकालनी नगरपालिका क्षेत्रमा हात्ती अर्ना लगायतका जंगली जनावरले क्षति गर्दै आएका छन । आरक्षका मध्यवर्ति क्षेत्रमा पर्ने यी क्षेत्रमा मानवीय क्षतिका साथै भौतिक र बालिनालीमा समेत क्षति हुदै आएको छ । 
सुनसरीका स्थानियवासी पंचनारायण मण्डलले आफुहरु जंगली जनावरबाट वर्षेनी पिडित हुदै आएका बताए । उनले बाली नालीमा क्षति हुदा खानामा समेत समस्या हुने गरिएको बताए । जंगली जनावरको आक्रमण रोक्न आरक्ष प्रशासनले सावाधानी नअपनाउदा मध्यवर्ति स्थानियवासी समस्यामा परेको भन्दै पटक पटक आन्दोलन नै हुने गरेको छ । स्थानियवासीले आरक्ष भित्र रहेका जनावरलाई नियन्त्रण गर्न दवावा दिएपनि आरक्ष प्रशासनले गरेको पहल सफल हुन सकेको छैन । स्थानियवासीको सुरक्षाका लागि आराले एक्लै केही गर्न नसक्ने भएकाले स्थानियवासी समेत जिम्मेवार हुनुपर्ने आरक्षको सुझाव छ । 
कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक रामले यसको लागि स्थानियवासीको समेत सजगताको खाचो रहेको बताए ।सुनसरी सप्तरी उदयपुर गरि तिन जिल्लामा आरक्ष १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको छ । आरक्षमा जंगली जनावर बढदै जानु र आरक्ष क्षेत्र अतिक्रमण हुदै जानु र मानविय क्षति बढदै गएको हो । सानो क्षेत्रफलमा हात्ति,बंदेल अर्ना लगायतका जंगली जनावरको संख्या बढदै जादा ती जनावर मानव वस्तीमा प्रवेश गरेर आक्रमण गर्दै आएका छन ।  
 

सुनसरी कोशी टप्पु वन्यजन्तु

संम्बधित खबर