समाचार राजनीति

रास्ट्रपति ओलीको कठ्पुतली– जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा ! [भिडियो अन्तरवार्ता]

रास्ट्रपति ओलीको कठ्पुतली– जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा ! [भिडियो अन्तरवार्ता]

जसपा नेपालका नेता एवं संघीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रपति प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कठपुतली भएको आरोप लगाएका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले जे जे भन्छन् त्यही त्यही गरेको आरोप लगाए ।

 

राष्ट्रपति अलंकारिक भएकाले संविधानको मुल मर्म अनुसार हिडनुपर्ने बताउदै उनले भने–‘प्रधानमन्त्रीले विषलाई अमृत हो भनेर दिए राष्ट्रपतिले खानु हुन्छ, उहाँले सहि गलत छुट्याउनु पर्ने आवश्यक्ता छ ।’

कुनैपनि राजनितिक दलको एकता वैचारिक, संगठनात्मक र भावनात्मक आधारमा हुने वताएका श्रेष्ठले तत्कालिन राजपा नेपाल र आफुहरु विचमा पार्टी एकताको लागि छलफल भईरहेको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश ल्याइएकाले त्यसलाई असफल पार्न एकता गरिएको प्रष्ट पारे ।

पुर्ण रुपमा तयारी नगरिकन एकता गरिएकाले नेकपा लामो समयसम्म एक हुन सकेन तपाईहरुले पनि तयारी विनानै एकता गर्नु भएको छ नि ? भन्ने प्रश्नको जवाफमा श्रेष्ठले एकताका लागि आफुहरुले व्यापक तयारी र छलफल गरिरहेका वेला अध्यादेश ल्याईकाले हतारमा एकता भएको वताए । ‘जसरी हामीले एकता गर्यौ, त्यसले सारमा यस्तो अवस्था देखिएपनि एकताका लागि निकै छलफल र वहस भएको हो’– उनले भने। 

नेता श्रेष्ठले नेपालको परिपेक्षमा समुन्नत समाजवादी व्यवस्था हुनु पर्ने धारणा राखे। ‘त्यसमा सबै भाषा भाषी जात जाति अटाउनु पर्छ’ उनले भने–‘यो देशमा एकल राज्य चलाउन जुन प्रकारको मानसिकताले काम गरियो त्यो अहिले आएर असफल सावित भईसकेको छ।’

‘यो देशमा एकल राज्यको अवस्था छैन, यसमा सबैलाई एउटै मालामा उन्न सकिने संघीय शासन व्यवस्था हुनुपर्छ’ उनले थपे। 

आफनो पार्टीको स्थापनाको केही अंश मधेसमा भएकाले मधेसीवादी भनिएपनि भुगोलको कुनै वाद नहुने उनले प्रष्ट पारे। आफनो पार्टी संघीय समाजवादमा नै विश्वास राख्ने वताएका श्रेष्ठले भने–‘भुगोलले मात्रै हैन, संघीयताले सबैलाई जोडनु पर्छ।’

 
नेकपाको आन्तरिक विवादमा ओलीका आगाडि प्रचण्ड निकै कमजोर बनेकाले अहिलेको अवस्था आएको उनले वताए । तर, आफनो पार्टी भित्र कुनै विवाद नरहेको र फुटने हल्ला निराधार रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा सवै राजनीतिक दलले देखाएको समझदारी फेरी पनि देखाउनु पर्ने वताए । ओलीलाई हटाउनका लागि सबै दलहरु एक ठाउमा उभिनु पर्ने उनको भनाई छ । श्रेष्ठले भने– ‘ओलीको गलत कदम विरुद्ध सबै उभिनु पर्छ, काग्रेसले अग्रसरता लिनुपर्छ ।’

प्रधानमन्त्री ओलीमा समान्तादी चिन्तन हावि भएको उनले आरोप लगाए । ‘अहिलेका कम्युनिष्टमा विचारधाराको पतन भएको छ’ उनले भने–‘जेल बसेँ, निर्वासन बसेँलगायतका कुरा गरेर सात पुस्ता सम्म कमाउनमा लागेका छन ।’

जसपा नेपालका नेता एवं संघीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठसँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईँले गरेको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नु होला।

जसपा प्रधानमन्त्री राष्ट्रपति विषलाई अमृत