समाचार स्वास्थ्य

समाचार प्रभावः प्रधानमन्त्रीले भोली खोप लगाउँदै, रास्ट्रपतिले कहिले?

समाचार प्रभावः प्रधानमन्त्रीले भोली खोप लगाउँदै, रास्ट्रपतिले कहिले?

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

प्रचण्ड–माधव पक्षको नेकपाका नेताहरुले खोप लगाए पनि प्रधानमन्त्री र राष्ट्रपतिले कोरोना विरुद्धको खोप नलगाएको भन्दै नेपाल आजले समाचार प्रकाशित गरेपछि उनले खोप लगाउने मिति सार्वजनिक भएको हो । नेपाल आजले शुक्रवार ‘कोरोना विरुद्धको खोप लगाएर प्रचण्डले भारतलाई दिन खोजेको यो सन्देश’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी दिए । मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री त्रिपाठिले आईतवार नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने वताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप लगाउने÷नलगाउने विषयमा भने अझैसम्म जानकारी दिईएको छैन ।

यसअघि वुधवार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, सभामुख अग्नीप्रसाद सापकोटा, नेतृ रामकुमारी झाँक्री लगायतले खोप लगाएका थिए भने । त्यसपछि उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले पनि खोप लगाएका थिए ।

खोपका विषयमा नकारात्मक टिप्पणी भईरहेका वेला राष्ट्रप्रमुख तथा विशिष्ठ ब्यक्तिहरुले खोप लगाए÷नलगाएको विषयलाई चासो पुर्वक हेरिएको छ । अध्यक्ष दाहालले भने खोप लगाएपछि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरेका थिए।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुद्न सफल भएको उल्लेख गरे।

खोप प्रधानमन्त्री रास्ट्रपति

विशेष