समाचार खेल

सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी

सातौँ प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस विजयी

सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुुलिस क्लबले विजयी शुरुआत गरेको छ ।

नेपालगञ्ज रङ्गशाला परिसरको कभर्डहलमा शुक्रबार मिस नेपाल नम्रता श्रेष्ठ र प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको पहिलो खेलमा पुुलिस क्लबले होगाङ्जी न्यू डायमण्डलाई २५–१९, २५–१९ र १५–८ सेटको अन्तरले हराएको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु पाँच लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई रु दुई लाख, तेस्रोलाई रु एक लाख र चौथो हुने टोलीलाई रु ५० हजार रहेको बाँके जिल्ला भलिबल सङ्घ अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।
(रासस)

विशेष