समाचार अपराध सुरक्षा

छोरी वलात्कार गर्न खोज्ने बुवा पक्राउ

छोरी वलात्कार गर्न खोज्ने बुवा पक्राउ

महोत्तरीमा आफ्नै छोरीलाई वलात्कार गर्न खोज्ने बुवा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी वीरेन्द्र थापाका अनुसार बर्दिबास नगरपालिका खयरमाराका पुरुषलाई पक्राउ गरिएको हो । घरमा कोही नरहेको बेला १३ वर्षीया छोरीमाथि उनले बलात्कारको प्रयास गरेको थापाको भनाई छ। 

आरोपितलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।