समाचार राजनीति

अर्थमन्त्री पौडेलमाथि ढुङ्गा प्रहार, कार्यक्रम स्थलमा आगजनी

अर्थमन्त्री पौडेलमाथि ढुङ्गा प्रहार, कार्यक्रम स्थलमा आगजनी

अर्थमन्त्री विष्णुप्रसाद पौडेल सम्वोधन गरिरहेको कार्यक्रममा ढुङ्गा प्रहार भएको छ । पौडेललाई नै लक्षित गरी रुपन्देहीको एक कार्यक्रममा ढुंगा प्रहार भएको छ ।

मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि स्थानीयले ढुङ्गा हानेका हुन ।साथै सभास्थल वरपर आगजनी गरिएको छ । ओद्योगिक क्षेत्र शिलान्यास भएपनि स्थानीयले घेराउ गरेका छन् ।

ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । मन्त्री लेखराज भट्टको मन्तव्य सकिएपछि अर्थमन्त्री पौडेल बोल्दै गर्दा स्थिति तनावग्रस्त भएको थियो ।

प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडपमा दुई सुरक्षाकर्मी ६ स्थानीय घाइते भएका छन् । अहिले दुवै मन्त्री कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

आफूले जोतभोग गरेको जग्गा मोतीपुर औद्योगिक क्षेत्रको नाममा गएको भन्दै स्थानीयले विरोध गरिरहेका थिए । शिलान्यास रोक्न माग गरेपनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वनिर्धारित शिलान्यास कार्यक्रम नरोक्ने जनाएको थियो । 

अर्थमन्त्री पौडेलमाथि ढुङ्गा प्रहार कार्यक्रम स्थलमा आगजनी ओद्योगिक क्षेत्र प्रहरी र स्थानीयबीच झडप

विशेष