समाचार

वार्ता टोलीको ३ बुँदे सहमति अनुमोदन, विप्लवमाथिको प्रतिवन्ध फुकुवा

वार्ता टोलीको ३ बुँदे सहमति अनुमोदन, विप्लवमाथिको प्रतिवन्ध फुकुवा

सरकारले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुमोदन गर्ने निर्णय गरेको हो ।

वैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।  वर्ताको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको हो । 

वार्तामा भएका सहमति सहित सरकार र विप्लव पक्ष शुक्रबार सार्वजनिक कार्यक्रममार्फत जनता समक्ष प्रस्तुत हुँदैछन् ।

वार्ता टोली ३ बुँदे सहमति प्रतिबन्ध फुकुवा

विशेष