समाचार राजनीति

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको छ, हामी झ्यालवाट हेरीरहेका छौंः विश्वप्रकाश

प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको छ, हामी झ्यालवाट हेरीरहेका छौंः विश्वप्रकाश

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाइरहेको तर, आफुहरु संयमतापुर्वक झ्यालवाट हेरीरहेको वताएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा जारी पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढकाएको भए पनि आफूहरूले झ्यालबाट चिहाइरहेको बताए। ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ, तर, कांग्रेसले ढोका खोलेको छैन’ उनले भने–‘कांग्रेसले झ्यालबाट चिहाईरहेको कांग्रेसले निर्णय लिएको छैन ।’

प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रुपमा लिएको टिप्पणी गरे । सरकारले विगतमा कांग्रेसले १० वर्षे हिंसात्मक द्धन्द्धलाई सबैको सहकार्यमा विश्वासमा लिएर समाधान गरेको कुराबाट सिक्न नसकेको टिप्पणी पनि गरे।

विशेष