समाचार राजनीति

कांग्रेसलाई सरकारमा बस्ने म्यान्डेड छैन, प्रतिपक्षमै बस्नुपर्छ : गगन थापा

कांग्रेसलाई सरकारमा बस्ने म्यान्डेड छैन, प्रतिपक्षमै बस्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले कांग्रेसलाई सरकारमा बस्ने म्यान्डेड प्राप्त नभएकाले तत्काल प्रतिपक्षमै बस्नुपर्ने वताएका छन् ।

नेपाल प्रेस युनियन सर्लाहीले बिहीबार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले यस्तो वताएका हुन् ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्काले ल्याएको अविश्वास प्रस्तावमा मद्दत गर्न नहुने र कांग्रेस आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने पनि बताए। पनि बताए।

निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा मद्दत पुगिरहेको उनको आरोप छ । उनले भने–‘आयोगले निर्णय नदिँदा प्रधानमन्त्री ओलीले कम्प्युनिष्ट पार्टी फुटेको छैन, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था आयो।’

विशेष