समाचार

नेकपा फुट्न नदिन चीनियाँ सकृता, मिलेर अघि वढ्न ओलीलाई दवाव

नेकपा फुट्न नदिन चीनियाँ सकृता, मिलेर अघि वढ्न ओलीलाई दवाव

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा निकै ठुलो उतार–चढाव आयो । यो उतार–चढावलाई सहज ब्यवस्थापन गर्न छिमेकी देश चीनले अथक प्रयास गर्यो । तर, चीनको प्रयास सफल हुन सकेन र अन्ततः नेकपा दुई पक्षमा विभाजन भयो ।

नेकपाका नेतालाई फुट्न नदिन र मिलेर अघि वढ्न नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छीले निकै प्रयास गरिन् । होउले नेकपामा विवाद हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुको निवासमा पुगेरै मिलेर जान आग्रह गरिन। 

पहिलो पटक वैशाखमा पनि नेकपालाई फुटवाट वचाउन उनले नै भुमिका खेलेका कारण उनको प्रयासलाई अर्थपुर्ण रुपमा हेरिएको थियो । दोस्रो पटक पनि उनले पार्टी फुट्न नदिन भुमिका खेलीन तर सफल हुन नसकेपछि चीनले चार सदस्यि टोली काठमाण्डौं पठायो ।

चीनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहित पुसको दोस्रो साता काठमाण्डौं आएको चार सदस्यीय टोलीले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली, अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई छट्टाछुट्टै भेट गर्यो । पार्टी  नफुटाउन र मिलेरै अगाडि वढ्न आग्रह गर्यो । तर, उनीहरुको आग्रह विशेषतः ओलीले वास्ता गरेनन् र प्रयास असफल भयो । त्यसपछि फुटले कानुनी मान्यता नपाएपनि नेकपा दुई पक्ष भएको छ । एकातर्फ प्रधानमन्त्री ओली अध्यक्ष छन् भने अर्कोतर्फ प्रचण्ड र नेपाल अध्यक्ष भएका छन् ।

दुवै पक्षमा आधिकारीक वन्ने होड चलेको छ । जसका लागि पार्टीको नाम र चुनाव चिन्ह आफनो वनाउन दौडधुप छ भने दुवै पक्षले नाम र चुनाव चिन्ह आफुले पाउने दावी गरिरहेका छन् । जसका लागि दुवै पक्षले निर्वाचन आयोगलाई फकाउने र थर्काउने हर्कत समेत गरिरहेका छन् । तर, निर्वाचन आयोगले अहिलेसम्म पार्टीको आधिकारीताका विषयमा निस्कर्ष सुनाईसकेको छैन ।

यहि मेसोमा नेकपा मिलाउन चीन पुनः सकृय भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रलाई एकिकरण गरी नेकपा वनाउन भुमिका खेलेको चीनियाँ पक्षले पार्टी फुट्न नदिन अझै पनि प्रयास गरिरहेको श्रोतको दावी छ । प्रचण्ड र माधव पक्ष चीनको समर्थनमा रहेपनि यसअघि प्रधानमन्त्री ओलीकै कारण पार्टी फुटको अवस्थामा पुगेकाले यस पटक उनलाई नै दवाव दिएर पार्टी एक वनाउन कसरत भईरहेको श्रोतको भनाई छ ।

चीनको प्रयास चिनियाँ राजदूत होउ यान्छी चीनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ

विशेष