समाचार राजनीति

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा वसिरहेको छ ।
अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा वैठक वसिरहेको छ । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति तय गर्न छलफललाई केन्द्रीय कमिटीको बैठक बोलाइएको हो। बैठकमा सबै केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित उपस्थित हुन निर्देशनसमेत दिइएको छ। 

पार्टीको आधिकारिकता विवादमा छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको प्रचण्ड–माधव समूहले आवश्यक परे ती कागजात निर्वाचन आयोगमा बुझाउने तयारीका साथ बैठकमा उपस्थित हुन आफ्नो समूहका केन्द्रीय सदस्यलाई निर्देशन दिएको बुझिएको छ। 

पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते संसद् सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय पनि गरेको थियो।

सर्वोच्चले संसद पुनःस्थापना गरेपछि यही २३ गते संसद बैठक बोलाइएको छ। यो समूहले नयाँ सरकार गठनका लागि कांग्रेस र जसपासँग समेत छलफल चलाइरहेको छ। 

विशेष