समाचार

कोरोना विरुद्धको खोप लगाएर प्रचण्डले भारतलाई दिन खोजेको यो सन्देश

कोरोना विरुद्धको खोप लगाएर प्रचण्डले भारतलाई दिन खोजेको यो सन्देश

भारतले पहिलो चरणमा १० लाख खोप निशुल्क उपलब्ध गराएपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान जारी छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई दिईएको खोप अहिले सर्वसाधारणका लागि पनि खुल्ला गरिँदैछ ।

सरकारले खरिद गरेको ‘कोभिसिल्ड’ खोपको पहिलो खेप १० लाख डोज आईपुगेपछि सर्वसाधारणका लागि खुल्ला गरिएको हो । सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमति भएको थियो ।
अनुसार पहिलो चरणको १० लाख डोज (मात्रा) खोप ल्याइएको हो ।

तथापी, राष्ट्रपति, सरकारका मन्त्री, सांसद र उच्च तहका नेताहरुले भने यो खोप लगाएका थिएनन् । तर, वुधवार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, सभामुख अग्नीप्रसाद सापकोटा, नेतृ रामकुमारी झाँक्री लगायतले खोप लगाएका छन् । 

अध्यक्ष दाहालले खोप लगाएपछि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे। विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुुद्न सफल भएको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री माधवकुुमार नेपालले अन्तर्राष्ट्रिय समुुदायबाट गहिरो  अध्ययन र अनुसन्धानबाट  प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिए भने सभामुख सापकोटाले पनि कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरे। ‘वैज्ञानिक अनुसन्धानवाट प्रमाणीत भएको भएकाले यसमा पुरै निर्धक्क भएर सवैले लगाए हुन्छ’ उनले भने–‘किनभने यो विज्ञानको कुरा हो, यो पुर्ण रुपमा सफल हुन्छ र वैज्ञानिक प्रयोगवाट सफल भएकोले सम्पुर्ण नेपालीले कुनै पनि हिचकिचाहट नगरीकन लगाउदाँखेरी हुन्छ। हाम्रो ब्यवस्थापन पनि त्यहि अनुसार चुस्त दुरुस्त छ ।’

यता, जानकारहरुले भने प्रचण्ड–माधवसहितले कोरोना विरुद्धको खोप लगाउनुलाई अर्थपुर्ण रुपमा लिएका छन् । राष्ट्रपति, प्रधानमन्त्री तथा सरकारका अन्य मन्त्रीहरु समेतले खोप नलाईरहेको अवस्थामा कोरोना विरुद्धको खोप लगाएर त्यस विरुद्धका भ्रम चिर्नेगरी अभिब्यक्ति दिनुले प्रचण्डले भारतको मन जित्न खोजेको विश्लेषकहरुको वुझाई छ ।

पछिल्लो समय भारतीय चासो आफनो देशमा उत्पादित खोपमा रहेका वेला यसप्रति पब्लिक कन्फिडेन्स बढाउन र भारततर्फ सद्भाव देखाउन उनले यो चाल चलेको उनीहरुको भनाई छ । खोप प्रभावकारी पनि रहेको र यदाकदा यसप्रति उठिरहेका नकारात्मक टिप्पणीले सर्वसाधारमा त्रास उत्पन्न भईरहेका वेला अध्यक्षद्वयको कदम भारतप्रतिको लगातव देखाएको उनीहरु वताउँछन् ।

‘एउटा अन्तरबार्तामा प्रचण्ड स्वयमले भनेको कुरा के हो भने– भारततर्फ राम्रो सन्देश नबनाइकन हुदैन’ एक जना राजनीतिक विश्लेषक भन्छन्–‘दाहालको यो कदम भारतका लागि त्यहि सन्देश हो।’

कोभिसिल्ड भारतलाई सन्देश

विशेष