पर्यटन

संरक्षणको पर्खाईमा चिडिया ताल

संरक्षणको पर्खाईमा चिडिया ताल


कैलाली
नेपाल सम्पदाहरु परिभरि मुलुक रहेको छ  ।तर यसको उचित संरक्षण र प्रचारप्रसार नभएकै कारणले यस्ता सम्पदाहरु ओझलमा पर्दै आएको छ । यतै सम्पदा मध्ये एक हो घोडाघोडी नगरपालिका–२, साडेपानीमा रहेको चिडिया ताल । जो अहिले प्रचार प्रसारको आभावको कारणले संरक्षण संवर्द्धनको अभावमा ओझेलमा परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब ३ सय मिटर उत्तरमा रहेको मनमोहक चिडिया तालको संरक्षण र प्रचारप्रसार गरी यस क्षेत्रको पर्यटकीय विकास गर्न स्थानीयले आग्रह गरेका छन् । यहा आउने पर्यटकहरुलाई मनै लोभ्याउने गरिएको छ । 
करिब ३० हेक्टर क्षेत्रफलमा फैलिएको चिडिया ताल मनमोहक देखिन्छ । सामुदायिक वन भित्र रहेको ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न डिपिआरको काम अघि बढाइएको छ । यसलाई पर्यटकीय क्षेत्रको विकास गर्न स्थानीय तह जुट्नु पर्ने चिडिया ताल सामुदायिक वनका अध्यक्ष चक्र बहादुर बिष्टको भनाइ छ ।
सामुदायिक वन मातहतमा रहेको चिडिया तालको संरक्षण र विकासका लागि कसैबाट पहल नभएको स्थानीयको गुनासो छ । चिडिया तालको प्रचारप्रसारका लागि पर्यटन प्रवर्धन महोत्सव समेत आयोजना गरिएको चिडिया तालका युवा अभियन्ता सेनेश शाहीले जानकारी दिए ।
घोडाघोडी तालबाट एक किलो मिटर दूरीमा रहेको तालमा पूर्वाधार विकास गर्न सके आन्तरिक पर्यटकको संख्या वृद्धि हुने स्थानीय लोकबहादुर बिष्टको भनाइ छ ।
घोडाघोडी नगरपालिकाको पहलमा ताललाई पछिल्लो समय हात्ती संरक्षण केन्द्रको रूपमा स्थापित गर्न अध्ययन थालिएको छ । एसियामा हात्तीको संख्या घट्दै गएकाले हात्तीको संख्या वृद्धिका लागि हात्ती प्रजनन् केन्द्रको रूपमा स्थापित गर्न अध्ययन थालिएको घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए ।
तालको संरक्षण गर्न सके यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्नुका साथै स्थानीयको आर्थिक उपार्जनसमेत बढ्ने भएकाले विकास र प्रचारप्रसारको लागि ध्यान दिनुपर्ने देखिन्छ ।
 

कैलाली नेपाल सम्पदा प्रचारप्रसार