समाचार राजनीति

... किनकी प्रधानमन्त्रीलाई यो संसदसँग वदला लिनु छः गगन थापा

... किनकी प्रधानमन्त्रीलाई यो संसदसँग वदला लिनु छः गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद प्रति वदला लिन खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले कहिले प्रश्न छल्न हठान वैठक स्थगित, कहिले पार्टी भित्रको विरोधी तह लगाउन संसद विघटन। अनि कहिले प्रतिनिधि सभा भङ्ग गर्ने सनक सहि थियो भन्ने सावित गर्नका लागि संसदलाई काम विहिन वनाउने प्रपन्च गरेको आरोप लगाए ।

‘यो विधेयक अधिवेसन । हामी काम गर्न तयार छौं । एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन वनाउन दिईएन भनेर हल्ला गर्ने, तर, संसदलाई एउटा विधेयक पनि नदिने’ उनले भने–‘अनि विधेयकलाई कानुन वनाउन चाहिने राष्ट्रिय सभाको वैठक पनि नवोलाउने।’

प्रधानमन्त्री ओलीले संसद प्रति वदला लिन चाहेको र त्यसको वदला जनताले लिने चेतावनी पनि दिए । ‘हामी स्पष्ट छौं, सम्माननीय सभामुख महोदय। जति दिन यो सरकार रहन्छ, संसदको तिरस्कार, अपमान, गर्ने काम अझै वढ्दै जान्छ’ उनले भने–‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग वदला लिनु छ।’

आफुहरुले आफनो ठाउँवाट संसदको गरिमा जोगाउन डटेर लाग्ने उनले वताए । ‘हामी हाम्रो ठाउँवाट डटेर संसदको गरिमा कायम राख्नका निम्ती लड्ने छौ । वाँकी जिम्मा जनताको। यथोचित समयमा जनताले यसको हिसाव किताव गर्नेछन्’ उनले थपे–‘किनकी यो संसद र सांसदको अपमान, यो लोगको लगाउने केहि थान सांसदको अपमान, तिस्कार उपेक्षा होईन सभामुख महोदय। यो ति जनताको अपमान हो, जसले यो संसद वनाएको छ। जसले हामीलाई सांसद वनाएको छ । आफनो अपमानको वदला जनताले यथोचित समयमा लिनेछन्। यो संसद भित्र वसेर यसको गरिमा जोगाउन हामी आफनो ठाउँवाट डटेर लड्ने छौ ।’

नेपाली काँग्रेस संसद प्रतिनिधि सभा वदला

विशेष