समाचार पर्यटन

उपेक्षीत छन ऐतिहाँसिक स्थल मुर्तियाको मुर्तिहरु

वीरेन्द्र रमण

उपेक्षीत छन ऐतिहाँसिक स्थल मुर्तियाको मुर्तिहरु


सर्लाही– एतिहासिक तर वेवारिस थुप्रै मन्दिरको भग्नावशेषभित्र र बाहिर रहेको देवि देवताका कलात्मक मुर्तिहरु,बुद्धकालिन मुर्तिहरु र स्वर्गका अप्सराहरुको अर्धनग्न मुर्तिहरु वर्षेदेखि संरक्षणको पर्खाईमा रहेका छन । 

सर्लाही जिल्लामा राजमार्गबाट १४ किलोमिटर दक्षिण तथा मंलगबा देखि ४२ किलोमिटर पश्चिम तर्फ बरहथवा नगरपालिकामा अवस्थित रहेका छन ।   मुर्तिया क्षेत्रमा पहिले शाकाहारी तथा मांसाहारी वन्यजन्तु प्रशस्त पाइने घनाजंगल रहेको थियो । बिक्रम संवत २०१२ सालपछि त्यहा जंगल फडानी गरि आवादी सुरु भयो । मुर्तिया स्थीत मन्दिरका व्यवस्थापना समितिका संयोजक रामबहादुर महतोका अनुसार २०१७ सालमा मोहनसिंह नामक एक जोगि  गाई लिएर आएका र उनलाई सपनामा कुनै अदृश्य शक्तिले  हाल मुर्तिया भनिने गाउको माझमा अवस्थीत पुरातात्विक अवेशषहरु सहितको ढिस्कोमा उत्खनन गरे थुप्रै सम्पतिका साथै देविदेवता मुर्तिहरु फेला पर्ने छ भन्ने जानकारी दिए अनुसार देखाइएको स्थानमा उत्खन्न गर्दा भग्नावशेषभित्र मन्दिरको जगको बीचमा शिवलिंग भेटिएको थियो । 

त्यही बेला देखि त्यहा पुजाअर्चनाको सुरुवात भएको र यज्ञसमेत गरि शिवलिंगको नामाकरण मुक्तेश्वर महादेव गरिएको बताइन्छ । 

काशी भारतबाट वि.संं २०२७ मा स्याली बाबा नामक जोगि मुर्तिया आई ठुलो यज्ञ गरेको र यज्ञ समापनको दिन भण्डारा (भोज) पकाउन आगो बालेकै स्थानमा भोली पल्ट उत्खनन गर्दा भग्नावशेष भित्र पुन ः चकेश्वर महादेव लिंग भेला परेको स्थानियवासीहरुको कथन रहेको छ । अहिले सम्म त्यहा विभिन्न आकार प्रकारका चार वटा ठुला ठुला मन्दिरहरुको भग्नावशेष फेला परिसकेको छ । 

त्यहा करिब ५ कठठा जति जमिनको ढिस्कोमा एक कुटिपनि रहेको जहा पुजारी बस्ने गर्दछन । त्यहा एक ईनार र सुरुंग पनि पाईएको छ । त्यहा वरपर खानजोत गर्दा प्राचीन वस्तुहरु ईटाढुंगाहरु पाइने गर्दछन । त्यसैले यस स्थानलाई प्राचीन धार्मिक ठाउ मान्न सकिन्छ । उहा पाइएको पुरातात्विक महत्वका संरचनालाई हेर्ने हो भने यो स्थान कुनै समयमा अतिभव्य शिवालय थियो भन्ने देखिन्छ ।

मुर्तियालाई तिरहुत राज्य अन्र्तगतको एउटा महत्वपुर्ण स्थानका रुपमा लिन सकिन्छ ।प्राप्त कलाकृतिका आधारमा यसको निर्माणकाल लगभग १२ औ शताब्दीताको हुन सक्ने देखिन्छ । शिखरशैलीको यो मन्दिर ईशाको १२ औ शताबदीताको हुन सक्ने देखिन्छ । शिखरशैलीको यो मन्दिर ८ मिटर वर्गाकार क्षेत्रमा भत्किएर थुप्रो लागेको छ । वर्गाकार  यस मन्दिरको निर्माणयोजना मौलिक छ । यसको चारै तर्फ प्रदक्षिणपथको अवशेष अहिलेपनि विद्यमान छन । प्रदक्षिणापथसम्म जानका लागि सिढिहरुको व्यवस्था देखिन्छ । वास्तवमा मन्दिरको अधिसंरचना नष्ट भईसकेको छ । तापनि बांकी रहेको आधार भागबाट यस मन्दिरको उचाईको अनुमान सम्म गर्न सकिन्छ ।

यस मन्दिरको मुख्य प्रवेशव्दार पश्चिमामुख छ । प्रवेशव्दारसम्म जानका लागि सिढिहरुको व्यवस्था गरिएको छ । सिढिमाथिको अन्तिम भाग अर्थात मुलढोकाको ठेलोको रुपमा विशाल एउटा प्रस्तर खण्ड रहेको छ । ४५६ सेन्टीमिटर लामो ४४ सेन्टीमिटर चौडा कलात्मक यो प्रस्तर खण्ड लगभग १० टन भन्दा पनि अधिक वजनको प्रतीत हुन्छ । मन्दिरको भित्र योजना वर्गाकार देखिन्छ तर बाहिरी भाग भने आयताकार छ । जसको लम्बाई ६२० सेन्टीमिटर र चौडाई ४१६ सेन्टीमिटर रहेको छ । लम्बाई र चौडाईको आधारमा यस मन्दिरको उचाई लगभग १८०० सेन्टीमिटर हुन सक्ने सम्भावना देखिन्छ । मन्दिरको गर्भगृहमा अत्यन्त कलात्मक विशालकाय पाषाणपटट रहेको छ । जसको लम्बाई ३६० सेन्टीमिटर र उचाई ४५ सेन्टीमिटर छ । एउटै मात्र प्रवेशव्दार भएको यस मन्दिरको प्रत्येक कोणमा दुई दुई पाषाण स्तम्भका अवशेषहरु देखिन्छ भने प्रवेशव्दारका दायबाय अरु दुई पाषण स्तम्भको खण्डित भाग आज पनि विद्यमान देखिन्छ ।

गर्भगृहभित्रको अलंकारयुक्त पाषाणपटटमा कुदिएका कलात्मक अन्यन्त मनमोहक छ । पुष्पलताव्दारा अलंकृत यस शिलाखण्डमा नौवटा वर्तुलाकार प्रतिमापटट रहेका छन। उक्त कलात्मक प्रतिमापटटको पृष्ठभुमि भित्रको कमलासनमाथि विभिन्न मुद्र र भावभंगिमा अनेक देविदेवताका मुर्तिहरुको प्रस्तुती बडो रोचक छ । पाषाण खण्डमा यस प्रकारको सुक्षम कलाकारिताको अंकन अव्दितिय मानिन्छ । यस पाषणपटटको दुई तर्फ पाश्र्वभागमा कुदिएका सिंहका मुर्तिहरुको जति प्रशंसा गरेपनि पुग्दैन । यहि क्षेत्रमा विभिन्न प्रकारको पुरातात्विक संरक्षहरु पाइने गरिएको छ । एक प्रकारले भन्ने हो भने यो मिथिलाको खुला संग्रहालय पनि हो । समय समयमा पुरातात्व विभागले उत्खनन गर्ने गरेपनि अहिले सम्म उत्खन्न पुर्ण हुन सकेको छैन ।
 

मुर्ति चोरी हुदै दुव्यवेसनीको अडडा बन्दै
अहिले मुर्तियामा रहेको एतिहासिक मुर्तिहरु चोरी हुने गरिएको छ भने मन्दिर क्षेत्र नै लागु औषध सेवन कर्ताहरुको अडडा बनेको छ । बिसं २०२७ सालमा तत्कालीन राजा महेन्द्र शाहको पहलमा सो स्थानको उत्खनन गरिएको थियो । उत्खननबाट सयौंको संख्यामा मूर्तिहरू फेला परेका थिए । मूर्तिहरूको संरक्षण गर्न पहल नगरिदा धेरै मूर्तिहरू चोरी भइसकेका छन् । करीब दुई विघा जग्गामा उत्खनन गरिए पनि थप उत्खनन र संरक्षणको कार्य हुन सकेको छैन । कलात्मक कला प्रयोग गरिएको देखिने ती मूर्तिहरू हजारौं वर्ष पहिलेका भएको अनुमान पुरातत्व विभागको अनुमान छ । बागमती नदीकिनारमा रहेको मूर्तियामा कुनै राजाको ठूलो दरबार हुनसक्ने अनुमान गरिएको छ । 

मुर्तिया मन्दिरको संरक्षण समितिका महतोले समेत मन्दिरमा कतिपय मुर्तिहरु चोरी भएको बताउदै आफुहरुले यसको संरक्षणमा सकदो प्रयास गरिरहेको बताउदै मन्दिर प्राणंगमा खुल्ला रुपमा मुर्तिहरु रहेको कारणले गर्दा नै चोरी हुने गरिएको छ ।मन्दिर संरक्षणको लागि सरोकारावालाको ध्यान अहिले सम्म नगएको स्थानियवासीहरुको कथन रहेको छ । उहाका अनुसार यस मन्दिरको विषयमा गम्भीर अनुसन्धान समेत नभएको महतोको कथन रहेको छ । संस्कृति विद राम दयाल राकेशले आफु प्रज्ञा प्रतिष्ठानमा रहदा मुर्तियाको विषयमा सेमिनारको आयोजना गरेपनि यसको संरक्षण र मन्दिरको अध्ययनमा राजनितिक उदासिनता रहेको कारणले नै पछाडि परेको जानकारी दिए । उनले प्रदेश र स्थानिय सरकारले यसको संरक्षणमा ठोस योजना ल्याएर संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सर्लाही कलात्मक मुर्तिहरु मुर्तियाको मुर्तिहरु भग्नावशेषभित्र मुर्ति