पर्यटन

सुनसान पर्यटकीय स्थल नारिमन ताल

सुनसान पर्यटकीय स्थल नारिमन ताल


सर्लाही
सर्लाहीको चन्द्रनगर गाउपालिका स्थिति नारिमन तालको मनमोहन दृश्यले जो कोहीलाई लोभ्याउने गर्छन । एक वर्ष अघि सम्म आन्तरिक तथा बाहय पर्यटकले खाचाखच भरिभराउ रहने यो ताल अहिले सुनसाइ देखिन्छ ।

नारिमन ताल पुग्ने सडक जिर्ण रहेकाले आन्तरिक पर्यटकको संख्या न्युन रहेको छ । कोरोना भाईरस सकंक्रमण त्रासका कारण भारतसंगको सिमा बन्द रहदा बाहय पर्यटकको आगमन रोकिएको छ । चन्द्रनगर गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत अशोक साहले ताल सम्म आउने बाटो दुरुस्त नरहेको कारणले गर्दा नै पर्यटकहरुको गतिविधिमा कमि आएको बताए । सिमा बन्द रहेको कारणले समेत बाहिरबाट पर्यटकहरु कमै आउने गरिएकाले उनले बताए ।साहले पर्यटकय विकासको लागि पुर्वाधारको विकासहरु गरिरहेको जिकिर गरे । उनले तालको चारै तिर किनार बनाउने र भ्यु टाबर बनाउने लगायतका योजनाहरु अघि सारिएको बताए । पर्यटकको संख्या न्युन रहेका कारण यहाका होटल लजहरु प्नि सुनसान बनेका छन । पर्यटकको आगमनमा कमि भएसंगै बजार क्षेत्रका होटल व्यवयासीहरु मर्कामा परेका छन ।

स्थानिय होटल व्यवसायी भरत साहले सिमा बन्द रहेको कारणले जुन रुपमा कामहरु हुनुपर्ने हो त्यसमा कमि आएको बताए । नारिमन तालको छेउमा रहेको महादेव मन्दिरका कारण पनि यो एउटा पर्यटकीय मात्र नभई धार्मिक र एतिहासिक स्थालको रुपमा परिचित छ । सरकारको ध्यान नपुग्दा यो क्षेत्र रौनकहिन बनेको छ । प्रदेश २ कै उत्कृष्ठ पर्यटक स्थल बन्न सक्ने सम्भावना रहेको नारिमन तालको विकास र प्रचारप्रसारमा विशेष गरेर स्थानिय सरकारको ध्यान जानुपर्ने आवश्यकता रहेको स्थानियहरुको कथन रहेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरबाट १४ किलोमिटर दक्षिण तथा सदरमुकाम मलंगवाबाट ११ किलोमिटर उत्तरमा रहेको नारिमन ताल अवलोकनका लागि आन्तरिक मात्र हैन, भारतीय पर्यटकका लागि पनि उत्तिकै सहज छ। प्रदेश २ कै सबैभन्दा ठूलो ताल भएकाले यो प्रदेशकै शान भएको भट्टराईको भनाइ छ। यसकारण यसको विकास र संरक्षणका लागि प्रदेश भित्रका सरकारी तथा निजी क्षेत्रसँग समेत साझेदारी गरिने चन्द्रनगर गाउँपालिकाले जनाएको छ। पञ्चवर्षीय विकास योजनाअन्तर्गत कम्पाउन्ड वाल, भ्यु टावर, म्युजिकल वाटर फाउन्टेन, चिल्ड्रेन पार्क, व्यापारिक भवन, घाट निर्माण, रेस्ट रुम, पानी ट्यांकी तथा डिप बोरिङ, ब्ल्याक टप रोड, विद्युत्सहित ताललाई आकर्षक बनाउने कामहरू गर्ने योजना बनाइएको छ।