समाचार अपराध सुरक्षा

आफ्नै छोरोको हत्या आरोपमा राजवहादुर पक्राउ

आफ्नै छोरोको हत्या आरोपमा राजवहादुर पक्राउ

आफ्नै नाबालक छोरोको हत्या गरेको आरोपमा बैतडीबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राजबहादुरले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरेका थिए ।

बुबा मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको र राजबहादुरलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।