समाचार अपराध सुरक्षा

मीना हत्या प्रकरण : पतिसहित ४ जनालाई थुनामा राख्न आदेश

मीना हत्या प्रकरण : पतिसहित ४ जनालाई थुनामा राख्न आदेश

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा  र उनकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज (विहिवार) आदेश दिएको हो । 

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । 
(रासस)

हत्या