समाचार अपराध सुरक्षा

इन्धन तस्करीमा संलग्न भएकाहरुलाई कारवाही गर्ने निगमको तयारी

इन्धन तस्करीमा संलग्न भएकाहरुलाई कारवाही गर्ने निगमको तयारी

नेपाल आयल निगमले भारततर्फ इन्धन तस्करीमा संलग्न भएकाहरुलाई कारवाही गर्ने भएको छ । तस्करी अभियोगमा ढुवानीकर्ता र पेट्रोल पम्पलाई कारबाही गर्न लागिएको हो । 

फागुन २९ गते तस्करी हुन लागेको २६६० लिटर डिजेलसहित को १ ख ५९१२ नम्बरको ट्याङ्कर बरामद भएपछि निगमले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो। निगमले ढुवानीकर्ता र पेट्रोल पम्पलाई पनि कारबाही गर्न खोजेको छ । 

नेपाल आयल निगमको प्रदेश नम्बर १ को कार्यालयका अनुसार ढुवानीकर्ता र तस्करी गर्न तेल भर्ने पेट्रोल पम्पलाई कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको छ।

ट्याङ्कर ढुवानीकर्ता चरणप्रीत सिंहको रहेको खुलेको छ। निगमका कर्मचारीले लक गर्नुभन्दा अगाडि ट्यांकर चेक गर्दा एक च्याम्बरमा डिजल फेला परेको थियो।

कुनै पनि रित्तो ट्यांकरलाई पेट्रोलियम ढुवानी गर्न भारतको बरौनी वा सिलिगुडी पठाउँदा ट्यांकरका चार वटै च्याम्बरको परीक्षण गरेर लक लगाएरमात्र पठाउने गरिन्छ। त्यही ट्यांकर सोही दिन सिलिगुडीबाट २० हजार लिटर पेट्रोल लिएर आएको थियो।