समाचार अपराध सुरक्षा

पेस्तोलसहित तीन जना पक्राउ

पेस्तोलसहित तीन जना पक्राउ

रुपन्देहीको मर्चवारी– ७ कन्चनापुरबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

एक थान पेस्तोलसहित सम्मरीमाई गाउँपालिका –७ बेतकुईया बस्ने  सुरज हरिजन, तौलन हरिजन र सकिल मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतीय नम्बरको प्लेटको मोटरसाइकललाई शंका लागि चेक जाँच गर्ने क्रममा कटुवा पेस्तोल वरामद भएको थियो । 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी सत्यनारायण थापाले वताए ।