समाचार खेल

भारतविरुद्धको पहिलो टेस्ट २ सय २७ रनले इंग्ल्यान्डले जित्यो

भारतविरुद्धको पहिलो टेस्ट २ सय २७ रनले इंग्ल्यान्डले जित्यो

इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्ट मंगलबार २ सय २७ रनले जितेको छ । 

इंग्लेन्डलाई जित दिलाउन स्पिनर ज्याक लेचले ४ र जेम्स एन्डरसनले ३ विकेट लिए । त्यस प्रदर्शन अगाडि इंग्ल्यान्ड अन्तिम दिन १ सय ९२ रनमा अलआउट भयो । भारतले जितका लागि ४ सय २० रनको लक्ष्य पाएको थियो ।

अस्ट्रेलियाविरुद्ध शृंखला जितेको भारतमाथि प्राप्त यो सफलता इंग्ल्यान्डका लागि अझ विशेष रहेको छ । 

जोए रुटले आफ्नो सयौं टेस्टमा २ सय १८ रन बनाए र त्यसको मद्दतमा इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा ५ सय ७८ रन बनाएको थियो । रुट सयौं टेस्टमा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान पनि भए ।

जितका लागि लक्ष्य पछ्याउने क्रममा भारतका कप्तान विराट कोहलीले टिमका लागि सर्वाधिक ७२ रन बनाए । 

विशेष