समाचार विचित्र विश्व समाज प्रदेश २

नङ पाल्ने सौखले खातामा जम्मा भयो ४ लाख !

नङ पाल्ने सौखले खातामा जम्मा भयो ४ लाख !

जनकपुर– समाजमा मान्छेका अनेक सौख हुन्छन् । कहिलेकाहिँ त्यही सौख उनीहरुको पहिचान वन्ने गर्छ ।

त्यस्तै सौख भएका ब्यक्ति हुन्– जनकपुर उपमहानगरपालिका–१७, कनकपट्टीका दिनेशसिंह यादव । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल रहेका यादवको नङ पाल्ने सौख छ। र लामो नङ पालेरै उनी आफनो पहिचान वनाउन चाहान्छन् ।


लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको उनको दावी छ। हातका औलाको नङ ४० इन्चसम्मको भइसकेको उनी वताउँछन् । वाहिर जाँदा नङ हेर्न र फोटो खिच्नका लागि मानिसहरुको होडवाजी चल्ने गरेको उनको अनुभव छ।


विदेशमा काम गर्ने केही कनकपट्टीवासीले उनको नङका बारेमा प्रचारप्रसार पनि गर्ने गरेका छन् । जसका कारण युएसए र जापानवासीले नङको संरक्षणकै लागि भनेर आर्थिक सहयोग गर्ने गरेका छन् । युएसए र जापानवासीले मासिक १५ हजार रकम सहयोग गरिरहेको उनले वताए । 

त्यसवेला गर्व महसुस हुने गरेको उनले वताए । नङ पाल्दा उनलाई खुसीसँगै पीडा पनि हुने गरेको छ ।


विशेष गरेर जाडो महिनामा नङकै कारण सुत्न समस्या हुने गरेको उनले बताए। सुत्दा नङ नभाचियोस भनेर जोगाएर सुत्नु पर्ने भएकाले समस्या हुने गरेको उनको भनाई छ । ओढ्ने–ओछ्याउनेको समस्याले जाडा याममा नङ जोगाउन समस्य हुने गरेको दिनेशले वताए ।


नङ पालेर विश्व रेकर्ड कायम गर्न विदेशवाट समेत सहयोग पाउँदा आफनो देशको सरकारले भने वास्तै नगर्दा उनलाई दुःख लागेको छ । ‘सहयोगका लागि आएको मध्ये ५ सय खर्च हुन्छ, अरु बैंकमा जम्मा गरेको छु’ उनले भने–‘त्यो पैसा अहिले करिव ४ लाख पुगेको छ।’

आफुले प्रदेश २ का मुख्यमन्त्रीसँग पनि भेटेको र आर्थिक सहयोगको लागि आग्रह गरेको उनले बताए । मधेस र देशकै नाम राख्न आफुले प्रयास गरिरहेको वताउँदा पनि सहयोग नपाएको यादव वताउँछन् ।