समाचार अपराध सुरक्षा

भारतमा १२ वर्षिया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, खाली कागजमा वावुको औठा छाप

भारतमा १२ वर्षिया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, खाली कागजमा वावुको औठा छाप

भारतको विहारमा नेपाली मुलकी एक वालिकाको सामुहिक वलात्कारपछि हत्या गरिएको छ । 

विहारको पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो । उनी नेपालको बार्दिया स्थित बारबर्दिया नगरपालिकाका दिपक (नाम परिवर्तित) की छोरी हुन् । दिपक परिवारसहित विगत आधा दशक देखि मजदुरीका लागि मोतिहारीको कुंडवजा चैनपुरमा बस्दै आएका छन् । 

घटना हुँदा दिपक मजदुरीमा गएको, श्रीमती नेपाल आएको र छोरा बजार गएको पाईएको छ ।

साँझ करिब ४ बजे छोरा डेरामा फर्किंर्दै गर्दा घरबेटी सियाराम साहले उनका छोरालाई रोक्न खोजे । तर घरबेटीको कुरा नकार्दै घर पुगेका उनले बहिनी घाइते भएर लडिरहेको देखे । त्यसपश्चात उनले तुरुन्तै बुबालाई बोलाए र उपचारका लागि स्थानिय चिकित्सककहाँ लगियो । तर त्यहाँ कसैले पनि आफ्नो छोरीको उपचार गर्न नमानेको दिपकले बताए । 

हत्या गरिएकी वालिकाको शव नुन चिनी छर्केर जलाईएको छ । यस विषयमा भाइरल भएको एउटा भिडियोले यो घटनामा स्थानीय प्रहरीचौकीका थानाध्यक्षको हात भएको संकेत गरेको छ । भिडियोमा अभियुक्त रमेश शाहले ‘केटीको चिसोले निधन भएको लेखिदिएर मिलाइदिनुस्’ भन्दै थानाध्यक्ष सञ्जीव कुमारलाई भनेको सुनिएको छ ।

देवेन्द्रकुमार साह नामका व्यक्तिले यदि शव चाँडै नजलाए दिपक र उनको छोरालाई पनि मारेर फ्याँकिदिने धम्की दिए । र जबरजस्ती खाली कागजमा ल्याप्चे लगाउन लगाए । त्यसपछि रातको १२ बजे नुन र चिनी छर्केर शव जनाईएको दिपकले जानकारी दिए ।