समाचार अपराध सुरक्षा प्रदेश २

प्रदेश २ मा बेटी असुरक्षितः पत्निलाई आगो झोस्ने मुकेशलाई सांसदको संरक्षण

वीरेन्द्र रमण

प्रदेश २ मा बेटी असुरक्षितः पत्निलाई आगो झोस्ने मुकेशलाई सांसदको संरक्षण

जनकपुर– सरकारले ‘सुरक्षीत बेटी अभियान’ र ‘बेटी बचाउ, बेटी पढाउ अभियान’ सुरु गरेपनि प्रदेश–२ मा महिला हिंसाका घटनामा कमि आएको छैन । अपेक्षा अनुसारको उदेश्य प्राप्त नभएपछि सरकारी अभियान बालुवामा पानी खन्याए सरह छ ।

महिला हिंसा न्युनिकरण तथा वालिकाको संरक्षणका लागि संचालन भएका यि कार्यक्रम किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि लेखाजोखा हुनु आवश्यक छ । हुन त अभियानमा संलग्न निकाय तथा सरोकारवाला पार्टीका नेता/कार्यकर्ताहरु नै यस्ता घट्नामा संलग्नहरुलाई संरक्षण दिन लागि परेकाले कार्यक्रम प्रभावकारी वन्न नसकेको आरोप समेत लाग्न थालेको छ । तर, यो आरोप सत्य हो/होईन भन्ने विषय छुट्याउन पनि यसको सत्ययता खोज्ने वेला भएको सरोकारवालाहरु वताउँछन् । 

कानुनले घरेलु हिंसालाई अपराध माने पनि समाजले यसलाई अझै पचाउन नसक्दा महिला हिंसाका घट्ना थपिदै गएका छन् । समाजमा हुने यस्ता घट्नालाई केहि नभए झै गर्ने परम्पराका कारण पनि अपराध वढ्नमा सहयोग पुगेको सरोकारवालाहरु वताउँछन् ।


तीन वर्ष अगाडि सर्लाहीको चक्रघटा गाउँपालिका–६ पररियाकी २५ वर्षिया अनितादेवी साहको विवाह महोत्तरी बलवा नगरपालिका–६ बनौटका मनिष साहसँग भयो। उनको बिवाह तामझामसँग गरिएको थियो । बुवा विष्णुदेव साहले छोरीको बिवाहमा दाइजो र जन्तीको स्वागतमा गरी २५ लाखभन्दा बढी खर्च गरे । भविष्य सुनौलो देखेर अनिता पनि औधी खुशी थिइन्। तर, उनको खुसी धेरै लामो समयसम्म टिकेन ।

बिहेको केही दिन नबित्दै अनितालाई श्रीमान मुकेशले थप दाईजो माग गर्दै शारीरिक यातना दिन थाले । पति अर्कै महिलासँगको प्रेम सम्बन्धमा रहेको कुरा पनि अनिताले सुँईको पाईन । ‘यो क्रम लगातार चलि रह्यो’ उनले रुँदै भनिन् ‘सम्वन्ध सुध्रिन्छ की भनेर जे जे भनेपनि/गरे पनि सहेर वसें।’

तर, त्यसपछिका हरेक दिन उनका लागि झन कष्टपुर्ण हुन थाले । पीडा दिने क्रम बढ्दै गयो । कहिले हातखुट्टा बाँधेर कुटपीट गरिन्थ्यो त कहिले श्रीमानसहित परिवारका सवै मिलेर आगो झोसिन्थयो । अन्त्यमा पीडा सहन नसकेर अनिता सबै कुरा माईतमा वेलिविस्तार लगाईन ।

त्यसपछि उनले पति विरुद्ध प्रहरीमा उजुरी गरिन । अनिताले उजुरी दिएपछि गत साउन ७ गते जनता समाजवादी पार्टीवाट निर्वाचित प्रदेशसभा सदस्यद्वय जानकी साह र सुरिता साहको रोहबरमा अबदेखि कुनै यातना नदिने, नागरिकता, विवाहदर्ता र बच्चाको जन्मदर्ता बनाईदिने लिखित सहमति नै भयो । तर त्यो आजसम्म कार्यान्वयन हुन सकेको छैन ।

कुटपिटका घट्ना पनि नरोकिएको अनिता वताउँछिन् । नागरिकता बनाई दिन भनेपछि घरभित्र बाँधेर कुटपिट गर्दै आएको उनले दुखेसो गरिन ि। ‘सहमति कार्यान्वयनका लागि ईलाका प्रहरी कार्यालय बनौटा र जिल्ला प्रहरी कार्यालय दुवै ठाउँमा उजुरी दिए। तर अहिलेसम्म कुनै सहयोग पाएको छैन’– उनले भनिन्।

यता, राष्ट्रिय मानव अधिकार आयोग तथा महिला अधिकारकर्मीहरुको संगठनले पनि अनिताको विषयमा चासो राख्यो। अधिकारकर्मीहरुको टोली अवस्था बुझन जिल्ला प्रहरी कार्यालय महोत्तरी गएको थियो । तर, अनिताले अझैसम्म न्याय पाएकी छैनन् ।

कानुनी रुपमा दण्डित गर्नु पर्ने ब्यक्तिलाई राजनीतिक संरक्षण गर्ने गरेकै कारण समाजमा अहिले पनि महिला हिंसाका घटना वढिरहेको स्थानीयहरु वताउँछन् ।