समाचार अपराध सुरक्षा

१५ हजार घुससहित सप्तरीवाट लेखापढी ब्यवसायी पक्राउ

१५ हजार घुससहित सप्तरीवाट लेखापढी ब्यवसायी पक्राउ

सेवाग्राहीसँग १५ हजार घुस लिदै गरेका सप्तरीका एक जना लेखापढि ब्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोग इटहरी स्थित कार्यालयवाट खटिएको टोलीले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालय कञ्चनपुरवाट लेखापढी व्यवसायी अरुणकुमार यादवलाई शुक्रबार पक्राउ गरेको हो । 

उनले जग्गाको नक्सा मिलाई दिने नाममा सेवाग्राहीसँग १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारका कर्मचारीले जनाएका छन् ।

आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाइएको छ ।