समाचार यौन-शिक्षा अपराध सुरक्षा

वलात्कारको पनि झुठो उजुरी, ३ जना कारागार चलान

वलात्कारको पनि झुठो उजुरी, ३ जना कारागार चलान

सामूहिक बलात्कार गरेको झुटो बयान दिएर अरुलाई फसाउन खोजेको आरोपमा जिल्ला अदालत गौरले एक किशोरीसहिथ तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

ओखलढुंगाकी १७ वर्षीया किशोरी तथा उनका नातेदार चिनीमाया नेपाली र कल्पना भुजुरलाइलाई कारागार पठाउने आदेश भएको हो । न्यायाधीश काजीबहादुर राईको इजलासले शुक्रबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको हो। 
बलात्कारको नाटक गर्ने किशोरीको उमेर नपुगेकाले बालसुधार गृह पठाइएको छ । मुख्य योजनाकार रौतहटको गरुडा नगरपालिका–२ घर भई काठमाडौं बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बसेका गजेन्द्र साह कानु भने रहेको जनाईएको छ ।  

गत २८ पुसमा आफूलाई बलात्कार गरेको भन्दै ओखलढुंगाकी पीडित भनिएकी किशोरी र नातेदारले झुटो बयान दिएर अरुलाई फसाउन खोजेको जनाईएको छ । 

प्रहरीले पीडित भनिएकी किशोरीको बयानका आधारमा अनुसन्धान अघि बढाउँदा आरोप पुष्टि नभएपछि उनीहरुमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडित भनिएकी किशोरी ओखलढुंगाबाट काठमाडौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रिर बाटोमा बसिरहेका बेला ५ जनाले अपहरण गरेर रौतहट चन्द्रनिगाहपुर ल्याइ दुई तले पक्की घरमा रातभरि बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा झुटो बयान दिएकी थिइन् ।

उक्त घटनामा प्रहरीले किशोरीको भाउजू नाता पर्ने चिनीमाया र साथी कल्पनालाई सम्पर्क गरेर जाहेरी लिई पीडितको कागज गराएर घटनास्थल यकिन गर्न टोली पठाएको थियो ।

मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको नदेखिए पछि अनुसन्धान पीडित भनिएकाहरु तिरै लागेको प्रहरीले जनाएको छ।

६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको उनीहरुले खुलासा गरेका छन् । गरुडा नगरपालिका–२ का गजेन्द्रले वनिवनाउ बलात्कारको योजना बनाई गरुडाकै रामनिवास साहलाई फसाउन खोजेको पुष्टि भएको प्रहरीले जनाएको छ ।